News मुख्य समाचार समाज

कोरोना माहामारीमा जम्मु काश्मीरमा अनलाईन स्टोरहरु उपयोगी बन्दै

कोरोना माहामारीमा जम्मु काश्मीरमा अनलाईन स्टोरहरु उपयोगी बन्दै

श्रीनगर । कोरोना माहामारीको समयमा भारतको जम्मु काश्मीर क्षेत्रमा अनलाईन स्टोरहरु सहज र उपयोगी बनेका छन् । 
कोरोना माहामारीको समयमा जम्मु काश्मीरमा अनलाईन स्टोरहरुले मानिसलाई समान खरीद गर्न सहयोग पुराएको छ । श्रीनगरस्थित बतापोरा क्षेत्रका बासिन्दा शाकिर अहमदलाई माहामारीको समयमा अत्यावश्यक सामाग्रीको अभाव भयो । कोरोना संक्रमणको त्रासले बाहिर गई समान खरीद गर्ने अबस्था थिएन । उनले ग्रोफ्रिल्स अनलाईन स्टोरबाट अत्यावश्यक सामाग्रीहरु अर्डर गरे र अनलाईन स्टोरले घरमै समान ल्याईदियो । कोरोना माहामारी र  लकडाउनको समयमा अनलाईन स्टोरहरुले सहज रुपमा घर घरमा समान डेलीभरी गर्ने गरेका छन् ।  माहामारीमा मात्र नभई केही बर्षयता जम्मु काश्मीरमा यस्ता अनलाईन ग्रोसरी स्टोरहरु सञ्चालन हुँदै आएका छन् । स्मार्ट फोनले गर्दा पनि अनलाईन मार्फत समान खरीद गर्न सहज भएको छ । कोरोना माहामारीको समयमा अनलाईन मार्फत खरीद गर्ने क्रम झनै बिस्तार भएको अनलाईन स्टोर सञ्चालकहरुले बताएका छन् । कोरोना माहामारीले मानिसहरुलाई अनलाईन स्टोरमा निर्भर बनाएको ग्रोफ्रिल्सका सह संस्थापक हसिब खानले बताए ।  स्रोत ईण्डीया ब्लुम्स

 

विशेष