News राजनीति

राष्ट्रपति बिरुद्ध दुई तिहाइ पुग्ने देखेपछि माधव नेपाललाई अध्यक्ष बनाउन ओली तयार !

राष्ट्रपति बिरुद्ध दुई तिहाइ पुग्ने देखेपछि माधव नेपाललाई अध्यक्ष बनाउन ओली तयार !

सर्वोच्च अदालतले नेकपाको एकता बदर गरिदिएपछि पुनर्जन्म पाएको नेकपा एमालेमा जारी विवादले हरेक दिन नयाँ मोड लिदै आएको छ। अध्यक्ष केपी शर्मा ओलीसँग वारपारको लडाई लडिरहेका माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै पार्टीको विवाद ‘निर्णायक’ दिशातिर उन्मुख छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एकअर्काप्रति आक्षेप लगाउने खालका अभिव्यक्तिहरु दिईरहेका छन्। सवोच्च अदालतको परमादेशवाट सत्ताच्युत हुनु परेको पीडामा ओलीले नेता नेपाललाई गद्दारको संज्ञा दिदै उनलाई कुनै पनि सर्तमा माफि नहुने घोषणा पनि गरे । तर, त्यसको केहि दिनमै ओलीको पारो सेलाएको छ । 

प्रधानमन्त्रीवाट हटेसँगै आफ्नै भनिएकोहरुले साथ छोड्न थालेपछि ओलीलाई आफनो धरातल खुस्किदै गएको भान हुन थालेको छ। माधव नेपालसँग यसैगरी जोरी खोज्दै गए अझै नोक्सान ब्यहोर्नु पर्ने खतरा वढेपछि उनको पारो डाउन भएको जानकारहरु वताउँछन् । त्यसैले ओली माधव नेपाललाई अध्यक्ष दिन तयार भएका छन् भने सवैलाई आम माफी दिने घोषणा पनि गरिसकेका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले नेपालसहितका नेताले गम्भीर गल्ती गरेको उल्लेख गर्दै उनीहरू एकतामा आए आममाफी दिन सकिने बताए । ‘अहिले को कहाँ छौं भन्ने छाडौं । देश र जनताका कुरा गरौं । बाटो बिराएका, भड्किएका साथीहरूलाई भन्न चाहन्छु, आउनुस् मिलेर काम गरौं । यो पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु– सबैलाई एम्नेस्टी इज ग्रान्टेड (आममाफी भयो),’ उनले भनेका छन्।

यति मात्र होईन, पार्टी एकताका लागि नेपालाई दोस्रो अध्यक्ष दिन तयार रहेको पनि ओलीले वताएका छन् । अध्यक्ष ओलीले पार्टी एकताका लागि नेता नेपाललाई दोस्रो अध्यक्ष दिने, पार्टीलाई जेठ २ को अवस्थावाट सञ्चालन गर्ने, शेरवहादुर देउवालाई मतदान गरेका सवैलाई आम माफी दिने लगायतका प्रतिवद्धता ब्यक्त गरिसकेका छन् । तर, उनका यी प्रतिवद्धता पार्टीको भविष्य हेरेर र माधव नेपालहरुलाई समेटनै पर्छ भन्ने सोचका साथ आएका भने होईन् ।

आफनो शक्ति कमजोर हुँदै गएको र प्रतिपक्षीहरु वलियो हुँदै गएको अवस्थामा राष्ट्रपति र प्रदेशका मुख्यमन्त्रीहरुमाथि पनि प्रश्न खडा भएपछि सुनियोजित रुपमा वाध्यकारी कदम उठाईएको नेताहरु वताउँछन् ।

दुई/दुई पटक संसद विघटन गर्ने केपी शर्मा ओलीलाई सवोच्चको परमादेशले प्रधानम्त्रीवाट हटाएपनि उनको हरेक कदममा आँखा चिम्लेर समर्थन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि नसिहत दिनुपर्ने आवाज उठिरहेको छ। रेकर्डका लागि मात्रै भएपनि भण्डारी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु पर्ने सांसदहरुको संख्या वढ्दै गएको छ । यसलाई समयमै रोक्न नसके राष्ट्रपति विरुद्ध दुई पुग्ने आंकलन गरिएपछि ओली एक कदम पछि हटेर नेपाललाई आफनो पक्षमा पार्न लागि परेको जनाईन्छ।

यसैगरी, केन्द्रसँगै ओली पक्षका मुख्मन्त्री समेत समस्यामा देखिएका छन् । माधव नेपालाई रोक्न नसके विपक्षी गठवन्धन सकृय हुँदै मुख्यमन्त्री पनि ढल्न सक्ने अवस्था छ। यी सवै अवस्थालाई ध्यान दिएर ओलीले नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव तथा आम माफीको विषय अगाडि ल्याएको नेताहरु वताउँछन्।

केपी शर्मा ओली माधवकुमार नेपाल विद्यादेवी भण्डारी

विशेष