पार्टी एकताका लागि माधव नेपालका सर्तै सर्त, अध्यक्षमा दावी
आन्तरिक विवादका कारण वहुमतको सरकारवाट हात धुनु परेको नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विचको टकराव वढ्दो छ। उनीहरुले एक अर्काप्रति प्रयोग गरिरहेका अभिव्यक्तिले एमाले एकता जटिल मोडमा पुगेको प्रस्ट संकेत गरेको छ।
ओली पक्षका नेताले माधव नेपालले गल्ती मात्र होइन, अपराध गरेको वताउँदै आएका छन् । आफनो पार्टीको सरकार ढलाएर कांग्रेसको नेतृत्वमा सरकार वनाउनु प्रतिगामी कदम भएको नेता पृथ्वी सुब्वा गुरुङ वताउँछन् । तर, ओलीले विहिवार शेरवहादुर देउवालाई मतदान गर्ने नेता नेपालसहित सवैलाई आम माथि दिने घोषणा गर्दै पार्टीमा एकतावद्ध हुन सवैलाई आग्रह गरेका छन् । उनको यो भनाईले पार्टी एकतामा कति सयोग गला त्यो भने हेर्न वाँकी छ।
यसैगरी, एमाले केन्द्रीय कमिटीको विहिवार सम्पन्न बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले अदालतको परमादेशका कारण पार्टी सरकारबाट बाहिरिनुपरेको वर्तमान स्थिति, पार्टीकै कतिपय नेता तथा सांसदहरू आफ्नो नेतृत्वको सरकारलाई विस्थापित गरेर विपक्षीलाई सरकार बनाउन प्रयोग भएको अवस्था र यसले पार्टीको एकतामा पारेको प्रतिकूल प्रभावलाई अस्थायी परिघटनाका रूपमा विश्लेषण गरेको छ। पार्टीको जन्मकालदेखि नै यस्ता षड्यन्त्र, धक्का र अन्तर्घातहरूको सामना गर्दै अगाडि बढेको पार्टी भएको र हरेक प्रतिकूलतालाई चिर्दै नयाँ–नयाँ सफलता र उचाइ हासिल गर्दै आएको ऐतिहासिक यथार्थलाई स्मरण गर्दै बैठकले सिंगो पार्टीपंक्तिलाई अविचलित रूपमा र उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गरेको छ ।
तर, नेता नेपालले भने पार्टी एकताका लागि आफु नै एमालेको अध्यक्ष वन्नु पर्ने सर्त अघि सारेका छन् । पहिला अदालतले निर्णय गरेपछि २०७५ जेठ २ मा पुग्यो भने सबै समाधान हुन्छ भनेका नेपाल त्यसपछि एकपछि अर्को सर्त अगाडि सादै आएका छन् ।
यसै क्रममा अध्यक्ष ओलीले नेपाललाई दोस्रो अध्यक्ष मान्न पनि तयार भएको घोषणा गरे । तर, नेता नेपालले अव आफु नै पार्टी अध्यक्ष वन्नु पर्ने सर्त अघि सारेको पाईएको छ।
नेता नेपाल निकट युवा नेता रामप्रसाद रिजालका अनुसार पार्टी एकताका लागि अव ओलीले अध्यक्ष पदवाट हात धुनुपर्ने र नेता नेताललाई अध्यक्ष वनाउनु पर्ने पहिलो सर्त छ। रिजालले पार्टी एकताका लागि भन्दै कमिटिको प्रारम्कि संरचना समेत सार्वजनिक गरेका छन् ।
जसमा अध्यक्ष माधवकुमार नेपाल, सर्वोच्च नेता केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल हुनेछन् । यसैगरी, ९औं महाधिवेशनमा निर्वाचित २ सय ३ जनाको केन्द्रीय समिति व्युताउँनु पर्ने, भात्रृसंगठन तथा वडादेखिका गाउँ÷नगर, क्षेत्र, जिल्ला र प्रदेश लगाएतका पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ भन्दा अगाडीको अवस्था अनुसार संचालन गर्नु पर्ने सर्त अगाडि सारिएको छ।
पार्टीका पदाधिकारी, स्थायी कमिटी र प्रदेश ईन्चार्ज जिल्ला ईन्चार्ज लगाएत एमालेको २०७५ जेठ २ अघीको अवस्था मा फर्काउने, नेकपा वनाउँदा एमालेवाट थपिएका ३८ जना केन्द्रीय सदस्यहरू, माओवादीबाट आएका वादलसहित २३ जना र नेकपामा प्रवेश गरेका अन्य विभिन्न पार्टीवाट आएका केन्द्रीय नेताहरुलाई पनि केन्द्रीय समितिमा मनोनीत गर्ने प्रस्ताव रिजालले जानकारी गराए ।
यसैगरी, ओलीले माओवादीकेन्द्रबाट आएका २३ जनालाई केन्द्रीय समितिमा मनोनित गरेपछि नेपाल खनाल पक्षका पनि कम्तीमा २३ जना नघटाई मनोनीत गर्ने उनको भनाई छ।
नेकपा एमाले केपी शर्मा ओली माधवकुमार नेपाल रामप्रसाद रिजाल