News

वावुरामको इज्जत वचाउन खोज्दा मानुषी नाङ्गो !

वावुरामको इज्जत वचाउन खोज्दा मानुषी नाङ्गो !

नायिका प्रियंका कार्कीको इज्जत वचाउन खोज्दा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराई विवादमा परेका छन् । विवादमा उनकी छोरी मानुषी यमी भट्टराई पनि तानिएकी छिन् ।

नेपाली सिने जगतकी चर्चित नायिका प्रियंकाले ६ चैत ०७७ मा आफु गर्भवती भएको जानकारी दिन इन्स्टाग्राम मार्फत एउटा फोटो सार्वजनिक गरिन। 

श्रीमान आयुष्मान जोसीसँगको तस्बिर साझा गर्दै प्रियंकाले लेखिन, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’ त्यसपछि प्रियंकाका नाङ्गो पेटसहितको फोटो सार्वजनिक भईरहेका छन् ।

यसैक्रममा आस्था केसी नामकी ट्वीटर प्रयोग कर्ताले प्रियंकाको नाङ्गो पेटसहितको फोटोमा प्रतिक्रिया जनाईन्। आधुनिक हुने नाममा सार्वजनिक गरिएको यस्तो फोटो प्रतिको उनको आपत्ति ट्वीटवाट प्रष्ट हुन्छ। उनले लेखेकी छिन्–‘के यो अत्याधुनिक भएको लक्षण हो? यतिसम्म अत्याधुनिक हुन के खानुपर्छ हँ ।’

उनको यो ट्वीटमा डा. भट्टराईले प्रतिक्रिया जनाउँदै प्रियंकाको वचाउ र आफुलाई पनि आधुनिक भएको पुष्टि गर्न खोजेका छन् । भट्टराईले लेखेका छन्–‘यति गर्न यो यो खानैपर्छः १. महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना (गूगल सर्च गरौं), २. युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस, ३. ट्विटेलाई इँटको सट्टा ढुंगा हान्ने आत्मवल!’

यो प्रतिक्रियापछि भट्टराई विवादमा तानिएका छन् । विजय पुन नाममा ट्वीटर प्रयोगकर्ताले नाङ्गो हुनु नै महिला मुक्तिको सशत्तिकरण हो ? भन्दै भट्टराईलाई प्रश्न गरेका छन् । उनले लेखेका छन्–‘नांगीएर जात्रा गर्नु नै महिला मुक्ति/सशक्तिकरण हो त?’

यस्तै, आस्था केसीले पुनः भट्टराईलाई लेखेकी छिन्–‘हजुरकी सुपुत्री मानुषी यमी भट्टराईलाई यस्तो सुन्दर कार्य किन नगराउनु भएको ? खोइ देखिएन त ? कस्ता कस्ता मान्छेलाई आदर्श नेता मानेर हिँडिएको रहेछ । तोइट । कस्तो खालको कमेन्ट हो यो ? मानिस सामाजिक प्राणी हैन र? कि केही मानिसलाई पशुलाई जस्तो जे गरेपनि छुट र स्वतन्त्रता हुने हो ?’

आस्थाको यो प्रतिक्रियापछि मानुषी आफनो पिताको इज्जत वचाउन आईपुगेकी छिन् । आफु गर्भवती हुँदाको फोटो ट्वीटरमा शेयर गर्दै उनले लेखेकी छिन्–‘मेरो सुन्दर कार्य हेर्नु अब।’

उनले नेपालीहरु प्रति अपशब्द प्रयोग गर्दै लेखेकी छिन्–‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली? एक प्रकारको बागी कार्य किन नमान्ने? नेपाली कणहरू सारै रूढीवादी!’

यो सँगै उनलाई पनि गाली गर्नेहरुको संख्या धेरै छ। भिनोद जिटिएम (विनोद गौतम) लेख्छन्–‘कुनै बेला यीनका बाआमा टाईट पाइण्ट लगाउने युवतीहरका साप्रा चिर्ने भन्थे छोरीले जगतको सामु भुँडी खोलेर देखाई दिईन। मानौँ जगतमा गर्भवति हुने नारी उनीमात्र हुन ठूलो बहादुरी गरेकी छन! गर्भवती हुनु सामान्य दिनचर्या निजात्मक विषय होकी जगत सामु पस्किने?! बुझ्न सकस भो!’

गुणराज उपाध्याय लेख्छन्–‘नाइटो देखि कुर्कुचा सम्म छोपिने प्यान्ट लाउद साँस्कृतिक बिचलन भन्दै हाम्रा दिदी बहिनिहरुलाई भाटा हान्ने तिम्रा बाउलाई सोध मुइया। बिगत हेर तिम्रा बा आमाले के के गरे भनेर।’

यसैगरी, नेपाली कन्ट्राडिक्सन लेख्छन्–‘सौन्दर्य प्रतीयोगीताको कडा बीरोध गर्ने नी हजूर, हजूरको बा र पार्टी हैन ? आफू पेट देखाउनीले के का लागी बीरोध गरेको त ?’


यस्तै डिपी अधिकारीले प्रतिक्रिया जनाएका छन्–‘बिचरी मानुषीलाई के गालि गर्नु ! किनभने, यिनको संस्कार नै यस्तै छ ! तर, अनौठो चै यो हो कि यिनिले गर्भवती हुँदा आफ्नो पेट यसरी किन नदेखाएकी होलिन ? यतिमात्र होईन, हिसिलाले किन नदेखाएकी होलिन ? सायद क्रान्तिकारी भएर लुकाएकी पो हो कि ?’

यसै क्रममा नीराजन शर्मा (उमेश दुलाल) ले तपाईंका आदमखोर बा वाुराम भट्टराईलाई सोध्नुस भन्दै लेखेका छन्–‘महिलाले पेन्ट लगाउँदा महिलाको तिख्रा ब्लेडले किन काटियो? जमघटमा दारु खाँदा किन जनताको ढाडमा भाटा हानियो?’

रमेश दाहाल ताप्लेजुङ ठुलेले लेखेका छन्–‘छ भन्दैमा सबै कुरा देखाउँदै हिडनु अलिक मिल्दैन कि ? किन भने मानिस पशु बर्गमा पर्ने भए पनि निर्लज्ज भएर हिडनु चै मानब स्वभाब हो जस्तो लाग्दैन। भोलिका दिनमा यस्तो प्रचार बढदै गएर श्रीमान श्रीमतिको बिचमा हुने कर्म पनि देखाउन थाल्यो भने यसलाई चै के भन्ने ?’ 

सिन्डिकेटे ट्वीटर प्रयोगकर्ता भन्छन्–‘एउटा मूर्खले घर बालेर खरानी बनायो, तँ भन्दा मँ के कम भनेर आर्कोले पनि आफ्नै घर बाल्यो। अब यो घर बाल्ने खरानी बाड्ने चलन को लागि बाबू छोरी दुबैलाई श्रय दिनु पर्छ।’

प्रियंका कार्की वावुराम भट्टराई मानुषी यमी भट्टराई

विशेष