News

५ दिन पनि टिकेन रावलको घुर्की, सांसदवाट दिएको राजीनामा फिर्ता

५ दिन पनि टिकेन रावलको घुर्की, सांसदवाट दिएको राजीनामा फिर्ता

नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिएको राजीनामा फिर्ता लिएको जानकारी दिए । उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार भन्दै आज राजीनामा फिर्ता लिएका हुन ।

गत असार २८ गतेको सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा रावलले राजीनामा दिएका थिए ।

डा रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीनामा दिएको जनाएका थिए । पार्टीलाई एकताबद्ध बनाउन लागेका रावललाई एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ता गर्न आग्रह गरेका थिए।

आफ्नै समूहका नेता सुरेन्द्र पाण्डेले राजीनामाको निर्णयबाट पछि हट्न गरेको आग्रह रावलले पत्रकारहरुकै साम्मुन्ने अस्वीकार गरेका थिए। 

भीमबहादुर रावल राजीनामा भीम रावल

विशेष