News अन्तरवार्ता स्ट्रेट फरवार्ड भिडियो

समाज विज्ञ ज्ञवालीको विश्लेषणः सबै भन्दा अराजक संगठन केपी ओलीको युथ फोर्स (भिडियो सहित)

समाज विज्ञ ज्ञवालीको विश्लेषणः सबै भन्दा अराजक संगठन केपी ओलीको युथ फोर्स (भिडियो सहित)

नेपालका शिर्ष राजनितिक दलले भातृ संगठन र विद्यार्थी संगठन गठन गरेकाछन् । नेकपा एमालेसँग युवा संघ, युथ फोर्स, अखिल फोर्स, पिपुल्स भोलिन्टियर्स, अनेरास्ववियु जस्ता संगठन छन् । नेपाली काँग्रेससँग तरु दल, नेपाल विद्यार्थी संगठन छन् । त्यसैगरी नेकपा माओवादीसँग वाईसिएल, अनेरास्ववियु क्रान्तिकारी जस्ता संगठनहरु छन् । राजनितिक दलका भातृ संगठनको उदय, आवश्यकता र औचित्यका बारेमा हामीले भक्तपुर बहुमुखी क्याम्पसका समाजशास्त्र र राजनितिशास्त्र विभागका प्रमुख, प्राध्यापक तथा समाज विज्ञ माधव ज्ञवालीसँग छलफल गरेकाछौँ ।



नेपालमा राजनितिक दलका भातृ संगठन पञ्चायत कालदेखि नै जन्मेपनि माओवादी जनयुद्धपछि अराजक गतिविधी तिर लागेको ज्ञवाली बताउँछन् । माओवादी निकट वाईसिएललाई प्रचण्डले जनताको सेवामा लगाउन खोजेतापनि सफल नभएको उनको भनाई छ ।

नेपालमा हाल अस्तित्वमा रहेका भातृसंगठन मध्ये सबैभन्दा अराजक समुह केपी शर्मा ओलीसँग रहेको उनको विश्लेषण छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्मा ओलीको उत्तेजित स्वभावले पनि अराजक समुह उनिसँग लागेको ज्ञवाली बताउँछन् ।

उनि भन्छन्, ‘केपी ओली जती उमेर बढ्दै जान्छ त्यती नै उत्तेजक बन्दै गएकाछन् । म त युवा नै छु भनेर ओलीले ठान्छन् ।’ ओलीले प्रचण्डको नक्कल गर्न खोज्दा असफल भएको पनि ज्ञवालीको तर्क छ । उनि भन्छन्, ‘प्रचण्डले हिजो जसरी युवाहरुबाट आफ्नो राजनितिक एजेण्डा स्थापना गरे त्यसरी नै उदाउन सक्छु भन्ने ठाने त्यो नै सामाजिक टे«ण्ड भन्दा बाहिर देखियो ।

ओलीको अगाडि पछाडि हिड्ने युवाहरु सुर्य थापा, महेस बस्नेत, गोकुल बास्कोटा माझ रमाउनेहरु तडक भडक र उत्तेजनामा बढी विश्वास गर्छन् । अलि अलि बौद्धिक भनेर चिनिने राजन भट्टाई, विष्णु पौडेल र सुवास पनि नेम्वागंहरु पनि छायामा परेको देखिन्छ ।’



 

विद्यार्थी संगठन माधव ज्ञवाली भातृ संगठन

विशेष