News राजनीति

ओलीलाई एक्ल्याउने प्रयासका विच विप्लव र वादलको दुई घण्टा भेटवार्ता

ओलीलाई एक्ल्याउने प्रयासका विच विप्लव र वादलको दुई घण्टा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा (एमाले) वनेका नेता रामबहादुर थापा ‘बादल’ विच भेटवार्ता भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छोडेर वृहद कम्युनिष्ट मोर्चा वनाउने चर्चा चलिरहेका वेला विप्लव र वार्ता विच भएको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ । वादल र विप्लवको भेटले ओलीलाई एक्ल्याएर गर्न खोजिएको वृहद कम्युनिष्ट मोर्चामा असर पर्न सक्ने आशंका समेत सुरु भएको छ ।

पार्टीका प्रवक्ता खड्गवहादुर विश्वकर्मासहित विप्लव शनिबार दिउँसो ४ बजे जोरपाटीस्थित वादलको निवासमा पुगेका थिए। उनीहरुबीच करिब दुई घण्टा संवाद भएको बादलनिकट एक नेताले बताए। 

विप्लवले शनिवार विहान जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग उनकै निवास हात्तिवनमा भेटवार्ता गरेका थिए।

विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। उनले प्रायः सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरुसँग उनले भेट गरिसकेका छन् ।
 

विप्लव बादल

विशेष