News

प्रहरीलाई आगो लगाउने महेश वस्नेतले फेरी दिए आगो लगाउने धम्की

प्रहरीलाई आगो लगाउने महेश वस्नेतले फेरी दिए आगो लगाउने धम्की

एमालेका नेता महेश बस्नेतले एमाले फुटाउने प्रयास गरे युथफोर्सले देशभरि आगो बाल्ने चेतावनी दिएका छन् । माइतीघरको कार्की पार्टी प्यालेसमा युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । 

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउने वातावरण सृजना गरे युथ फोर्स चुपलागेर नवस्ने उनले वताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा काम र नीतिहरु खारेज गरिए देशभरी आगो बल्ने पनि उने बताए ।

‘नेकपा एमाले बलियो बनाउन हामीले अध्यादेश ल्याउँदा हाम्रो पार्टीका नेता माधव नेपाल र पुष्पकमल दाहाललाई उचालेर फेल गराउने काम भयो’ उनले भने, ‘कांग्रेसले निकै चर्को र लोकतान्त्रिक भाषण गर्थ्यो अब एमाले फुटाउने अध्यादेश ल्यायो भने त्यसको असर नराम्रो हुन्छ।’

राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध महाअभियोग लगाउने चर्चालाई पनि वस्नेतले उठाए । ‘यदि त्यसो भए त्यसको परिणाम ख्याल गर्न तयार रहनु होला’ उनले भने–‘राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे कुनाकाप्चामा बसेर षड्यन्त्र गरिरहनु भएको छ भने त्यो सपना नदेख्दा राम्रो हुनेछ ।’ 

वस्नेतले आन्दोलनका नाममा एक समय प्रहरीलाई नै आगो लगाएका थिए ।

विजयकुमार गच्छदारलाई दश अर्बको भ्रष्टाचारमा दश लाख धरौटीमा छुटाउने खालका काम भएको भन्दै यसमा अदालतको काम प्रति आशंका व्यक्त गरे । 

यसैगरी, एमालेका महासचिव ईश्वर पोखरेलले विरोधीमाथि धावा बोल्न पार्टीका युवालाई निर्देशन दिएका छन् । विगतमा युथफोर्सले आतंक नियन्त्रण गरेको उदाहरण दिएको उनले हिजोका सरकारले गरेका राम्रा काम ध्वस्त बनाउन खोजेमा तथा छिमेकीसँग सम्बन्ध बिगार्न खोजे विरोधीमाथि धावा बोल्न युथफोर्सलाई निर्देशन दिए।

यो पनि

महेश वस्नेतले प्रहरीलाई किन लगाए आगो ?

महेश बस्नेत युथफोर्स

विशेष