News Breaking News मुख्य समाचार राजनीति

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको नगर अध्यक्षमा गंगा सदा

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको नगर अध्यक्षमा गंगा सदा

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको नगर अध्यक्षमा गंगा सदा चयन भएकी छन् । सप्तरी खड्क नगरपालिकाको नगर सम्मेलनबाट सर्वसम्मत ढंगले नेतृत्व चयन गरेको  हो ।

नगर अध्यक्षमा गंगा सदा, उपाध्यक्षमा राधा पासवान, विजली मण्डल, सचिवमा चन्द्रनारायण राम, सहसचिवमा हरेराम मण्डल, सदस्यहरुमा ११ वटा वाडाका वाडा अध्यक्ष र विभिन्न क्षेत्रका अनुभव प्राप्त दलित नेतृत्वहरु गरी ५१ सदस्यीय नगर कमिटी गठन भएको सप्तरी जिल्ला संयोजक प्रथमलाल रामले जानकारी दिए ।

सप्तरीको खड्क नगरपालिका कल्याणपुर बजारमा रहेको प्रावि स्कूलको प्रांगणमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानका पूर्वीसंयोजक राजेश विद्रोहीले गरेका थिए भने विशिष्ट अतिथि सप्तरी जिल्लाका संयोजक प्रथमलाल रामले गरेका थिए ।

विद्रोहीले दलित माथिको विभेद प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पशुवत ढंगले जकरीदै गएकोले अबको परिवर्तन, मुक्ति र अधिकारको आन्दोलन दलित समुदायले नै गर्ने र त्यसको नेतृत्व पनि दलित समुदायकै हुने वातावरण बन्दै गएको बताए ।

त्यसैले हजारौं वर्षदेखि विभेदमा पारिएका दलितहरूलाए एक हुन आह्वान समेत गरेका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि र अतिथिहरुले पनि जागरण अभियान सम्बन्धि सबैले आफ्नो धारणा राखेका थिए भने नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

जागरण अभियानको पूर्वी र पश्चिम गरी दुईवटा केन्द्रीय संयोजक छ । पश्चिम संयोजक खगेन्द्र सुनार छ । यो जागरण अभियानले यसअघि पनि हजारौं दलितहरूको उपस्थितिमा सप्तरी , दैलेख, सुर्खेत, नेपालगन्ज, काठमाडौ लगायतका ठाउँमा ठूलाठूला कार्यक्रमहरु गर्दै आएका छन् । यतिबेला यो दलित जागरण अभियान ठूलो चर्चामा रहेका छन् ।

विशेष