News

५ दलिय गठवन्धन छोडेका माधव नेपाल फेरी गए वैठकमा

५ दलिय गठवन्धन छोडेका माधव नेपाल फेरी गए वैठकमा

सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसलासहित शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ५ दलिय गठवन्धनवाट वाहिरिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल गठवन्धनको वैठकमा फेरी सहभागि हुन थालेका छन् । 

शनिवार वालुवाटारमा वसेको गठवन्धनको बैठकमा नेता नेपाल पनि उपस्थित थिए।

बैठकमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल र सहमति भएको एक नेताले बताए।

गत असार २८ गते कांग्रेस सभापति शेरवहादुर देउवाले वोलाएको गठबन्धनको बैठकमा नेता नेपालले गठबन्धनवाट वाहिरिने जानकारी गराएका थिए। सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ ले गठवन्धनमा वसिरहन मनासिव नहुने उनको भनाई थियो ।

जेठ ७ गते मध्यराती प्रतिनिधि सभा विघटन भएपछि नेपाली कांग्रेस, नेकपा माआवोवादी केन्द्र, एमालेको नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा संघर्ष गर्ने भन्दै विपक्षी गठबन्धन निर्माण गरेका थिए।

गठबन्धन मार्फत नै नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री वनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पेस गरेको थियो भने भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेपछि गठवन्धन मार्फत नै सर्वोच्चमा रिट दायर गरिएको थिो ।

सर्वोच्चले असार २७ गते प्रतिनिधि सभा पुनःस्थापनाको फैसला सुनाउँदै देउवालाई दुई दिनभित्र प्रधानमन्त्री वनाउन परमादेश जारी गरेपछि नेपाल पक्ष गठवन्धनवाट वाहिरीने निर्णयमा पुगेको थियो।

यो पनि

५ दलिय गठवन्धनवाट माधव नेपाल आउट, देउवालाई फेरी खड्गो

माधवकुमार नेपाल गठवन्धन शेरवहादुर देउवा

विशेष