News Breaking News मुख्य समाचार राजनीति प्रदेश २

अभियानले सिरहामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन

अभियानले सिरहामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन

सिरहा । राष्ट्रिय एकता अभियानले सिरहामा शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।

राष्ट्रिय एकता अभियान जिल्ला कार्यसमिति सिरहाले गोलबजार नगरपालिमा अभियानका अभियन्ता काशिन्दर यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरिएको हो।

प्रदर्शनमा अभियानका केन्द्रीय संयोजक विनय यादव र उपाध्यक्ष सुनिता साहको पनि उपस्थिती रहेको थियो। प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम–मुर्दावाद, देश वेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम –मुर्दावाद र मातृभुमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए।

अभियानका सिरहा जिल्ला संयोजक काशिन्दर यादवले पछिल्लो समय पूर्व प्रधानमन्त्री भट्टराई हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिब्यक्ति दिँदै आएकोले उनको पुतला दहन गरिएको बताए।

त्यस्तै प्रदर्शनमा सहभागी अभियानका केन्द्रीय संयोजक विनय यादवले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई इसाईका दलाल रहेको बताएका छन्।

उनले भने, ‘पूर्व प्रधानमन्त्री भट्टराई इसाईका दलाल हुन्, पछिल्लो समय उनी हिन्दुत्वविरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन्।, उनी चर्चका एजेण्ट हुन्।’

त्यस्तै अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले पूर्व प्रधानमन्त्री भट्टराईले हिन्दू धर्मको मजाक उडाएको बताएकी छन् । उनले भनिन्, ‘बाबुरामको पछिल्लो कार्यले हिन्दू धर्मको अस्थामाथि चोट पुगेको छ, उनले हिन्दुत्वविरोधी घृणा फैलाउने काम गरेका छन् । उनी इसाईका दलाल हुन्।’

४ दिनअघि पूर्व प्रधानमन्त्री भट्राईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले पुजा गर्ने क्रममा दुधसहितका बस्तु भगवानलाई चढाएको तस्बिरलाई ट्वीट गर्दै हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस लेखेका थिए।

त्यसैगरी राष्ट्रिय एकता अभियानले शनिबार नै सिरहामा एक कार्यक्रमको आयोजना गरी गुरु पूर्णिमा महोत्सव समेत मनाएको छ । अभियन्ता काशिन्दर यादवको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी अभियानले गुरु पूर्णिमा महोत्सव मनाएको हो।

विशेष