News विचार

१२ वुँदेमा कस्ले खोस्यो माधव नेपालको हिस्सेदारी ?

रामप्रसाद रिजाल

१२ वुँदेमा कस्ले खोस्यो माधव नेपालको हिस्सेदारी ?

१ फागुन ०५२ देखि नेकपा माओवादीले शशस्त्र विद्रोह गर्यो । त्यसपछि तत्कालिन सरकारपक्ष र माओवादीपक्ष बीच पटक–पटक  वार्ता भए। अन्तमा ५ मंसिर ०६३ मा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो ।

१० वर्षे शशस्त्र विद्रोहका कारण १७ हजार भन्दा बढी नागरिकले ज्यान गुमाए । हजारौं नागरिकहरू बेपत्ता भए कयौं नागरिक अङ्गभङ्ग तथा घाईते भए ।

त्यसबेला सशस्त्रधारी माओवादी पक्षलाई  शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने पात्र थिए– तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल  । त्यसबेला  माओवादी पक्षसँग वार्ता गर्ने  पहिलो पार्टी थियो एमाले । महासचिव नेपालले नै आफ्नो पार्टीबाट निर्णय गराएर नेताद्वय वामदेव गौतम र युवराज ज्ञवालीलाई  रोल्पा पठाए। राज्यका सुरक्षा निकाएलाई छक्याएर गौतम र ज्ञवाली रोल्पा पुगे । माओवादीसँग वर्ता गरेर एक खालको समझदारी गरेर उनीहरु फर्किए ।

१ महिनापछि मंसिरमा १२ बुंदे समझदारी भयो । यसैको बलमा ५ मंसिर ०६३ मा सरकार र माओवादीविच विस्तृत शान्ति सम्झौता भयो । सरकारकातर्फवाट तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र माओवादीकातर्फवाट माओवादी पार्टीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरे । तर, यो अवस्था सृजना गर्ने पात्र नेता नेपालको भुमिका गौण वनाईयो ।

कोइराला र प्रचण्डभन्दा शुरूदेखि नै माओवादी पक्षलाई शान्ति प्रकृयामा ल्याउन  प्रमुख भूमिका खेलेका नेपाललाई सम्झौतामा सामेल गराईएन । १२ बुँदे सहमतिको जग बसाउने प्रमुख नेता माधव कुमार नेपाल नै थिए, उनलाई सम्झौतामा किन हस्ताक्षर गराइएन ?

शान्ति प्रकृयाका हिमायती कमाण्डर, प्रमुख हस्ती र पात्र माधवकुमार नेपालको योगदानलाई अहिलेसम्म पनि राज्यले किन न्याय गर्न सकेन ?

तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले माओवादी पक्षलाई शान्ति प्रकृयामा ल्याउन खेलेको भूमिका÷योगदानलाई ओझेलमा पारिएकोले नेपालका पाठ्य पुस्तकहरु, पत्रपत्रिकाहरू, जर्नलहरुलगाएत नेपालको राजनैतिक इतिहासमै  नेता नेपाल को नाम पनि कोइराला र प्रचण्डसँगसगै   लेखिनु पर्छ ।

शान्ति प्रकृयाका प्रमुख पात्र नेपाललाई छुटाएर कोईराला र प्रचण्डको मात्र  नाम लेखिनु वा आउनुले  नेता नेपाल लाई अन्याय भएको छ । त्यसैले नेपालको भूमिकालाई समेटेर पुनः विस्तृत ढंगले र नेता नेपाललाई न्याय गर्ने ढंगले शान्ति प्रकृयाका घटनाहरू बारेमा खोज अनुसन्धान कार्य सम्बन्धित निकायले गरुन । नेता नेपालको योगदानलाई समेटेर ईतिहासमा कोईराला र प्रचण्डकै हैसियतमा नेपालको नाम लेखिनुपर्छ ।
लेखक नेकपा एमालेका माधव पक्षीय युवा नेता हुन ।

वामदेव गौतम माधवकुमार नेपाल १२ बुंदे समझदारी युवराज ज्ञवाली

विशेष