News

माओवादीमा मन्त्री वन्न हारालुछ, मानसिक तनावमा प्रचण्ड

माओवादीमा मन्त्री वन्न हारालुछ, मानसिक तनावमा प्रचण्ड

नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षसँग सहकार्य गरेर केपी शर्मा ओलीको सरकार ढलाएको नेकपा माओवादी केन्द्र भित्र मन्त्री वन्न तँछाड–मँछाड सुरु भएको छ। पार्टीका ४९ जना संसद नै मन्त्री वन्न लुछाचुँडी गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन्। 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले मन्त्रीको भागवन्डामा चित्त वुझाउन नसक्दा आफु मानसिक तनावमा परेको वताए ।

मन्त्री पाए ठिक छ नत्र नेतृत्वलाई नै खुल्याउन पछि नपर्ने प्रवृत्ति वढेको गुनासो गरेका दाहालले भने–‘मन्त्री वन्न म कहाँ दवाव दिने मान्छेहरुको हुलभित्रवाट आएको छु म । आतंक छ मेरो दिमागमा कल्लाई मन्त्री वनाउने कल्लाई नवनाउँने ?’

‘हाम्रो ४९ जना सांसद सवैलाई मन्त्री चाहिएको छ’ भन्दै उनले मन्त्रालय वाँडफाँडका क्रममा वढिमा ७ वटा मन्त्रालय मात्रै पाईने भएकाले आफु तनावमा परेको वताए । ‘हामीले पाउने वढि पाईयो भने ७ जना। यहाँ मन्त्री नभयो भने चै नेतृत्वलाई सरापेर हिन्ने, मन्त्री पायो भने मात्रै गर्ने प्रवृत्ति चै जवरजस्त छ क्या यो अहिलेको परिपाटी भित्र’ उनले थपे–‘या ठुलै नियुक्ति पायो भने ठिक छ, पाएन भने चै नेतृत्व चै वदमासै हो भन्न वेरै नलगाउने ।’ 

दाहालले अगाडि थपे–‘३/४, ४/५ दिन देखि म चै साँचचै एक खालको मानसिक तनाव भित्र छु म । सवैलाई वनाउन त मन लागेको छ नी, सवै उनन्चास जनै वनाई दिन पाए हुन्थ्यो मन्त्री। त्यो त हुँदैन फेरी। यसवाट के देखिन्छ भने हामी आदर्शको निम्ती होईन, कुरा गर्दा आर्दशका कुरा गर्ने ठुलठुला। यस्तो हुनुपर्छ क्रान्तिकारी पार्टी, यस्तो हुनुपर्छ निष्ठा। यस्तो हुनुपर्छ आदर्श हामी सवैले भन्ने। तर, चित्त चै के छ भने मन्त्री पाईन्छ की पाँइदैन ?’

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष