News राजनीति

माधवले ओलीलाई महाराजधिराज भनेकोमा प्रचण्ड गदगद

माधवले ओलीलाई महाराजधिराज भनेकोमा प्रचण्ड गदगद

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराज भनेकोमा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ गदगद भएका छन्। 

ओलीलाई महाराजधिराज भनेकोमा उनले नेता नेपाललाई भेटेरै धन्यवाद समेत दिएका छन।

शनिवार नेपाल निवास कोटेश्वसमा भएको भेटका क्रममा आफुले नेपाललाई धन्यवाद दिएको दाहालले वताए । 

एमालेको आन्तरिक विवाद समाधान गरी एकता कायम गर्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास जारी नै रहेका वेला माओवादी अध्यक्ष दाहाल कोटेश्वर पुगेर नेपाललाई भेटेका हुन ।

नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको छ । प्रचण्डले माधव नेपाल समूहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको वताए । 

माधवकुमार नेपाल केपी शर्मा ओली पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष