News

राष्ट्रपति र प्रधानमन्त्रिको फोटो जोडेर भाइरल टिकटक बनाउने पक्राउ 

राष्ट्रपति र प्रधानमन्त्रिको फोटो जोडेर भाइरल टिकटक बनाउने पक्राउ 

पछिल्लो समय टिकटकमा राष्ट्रपति, प्रधानमन्त्रि, पुर्व प्रधानमन्त्रि तथा शिर्ष नेताहरुको फोटो जोडेर, तोडमोड गरेर टिकटक तथा सामाजिक सञ्जालमा जोड्ने प्रवृती व्याप्त रहेको छ । साईबर ऐन अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । 


साइबर अपराध सम्बन्धि कडा कानुनी व्यवस्था भएपनि सामाजिक सञ्जालमा राष्ट्रपति, प्रधानमन्त्रि, पुर्व प्रधानमन्त्रि तथा शिर्ष नेताहरुको फोटो जोडेर, तोडमोड गर्ने, अनेक अर्थका गीतमा टिकटक तथा भिडियो बनाउने प्रवृती भने कम भएको देखिदैन । 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर जोडेर टिकटक भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय झापासँग समन्वय गरी एक जनालाई पक्राउ गरी काठमाडौं ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालयले मेचिनगर नगरपालिका वडा नम्बर ६का ३८ वर्षीय सोमप्रसाद घिमिरेलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो। उनलाई गत शुक्रबार मात्रै काठमाडौं ल्याएको थियो ।

टिकटकमा ऐन कानुनले बर्जित गरेका सामाग्रीहरू बिगारेर भिडिओ बनाएको भन्दै साईबर व्युरोले ती युवालाई नियन्त्रणमा लिएको हो ।

टिकटक बनाउने पक्राउ 

विशेष