News

माधव नेपाल गठवन्धनलाई निरन्तरता दिएपछि फेरी एकताको रटान

माधव नेपाल गठवन्धनलाई निरन्तरता दिएपछि फेरी एकताको रटान

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि विपक्षी गठवन्ध छोडेको घोषणा गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पुनः गठवन्धनको वैठकमा सहभागि हुन थालिसके। तर, नेकपा एमाले पार्टी एकताको रटान भने अझै रोकिएको छैन।

नेता नेपाल शनिवारको विपक्षी गठवन्धनको वैठकमा सहभागि भएर सरकार र गठवन्धनलाई मजवुत वनाउने भनेर छलफल गरेर निस्किसक्दा समेत एकताको प्रयास जारी नै छ। अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई दवाव दिने उदेश्यले आईतवारदेखि दुवै पक्षका सांसदहरुले दवाब अभियान शुरु गरेका छन् ।

१० बूँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दवाव दिन शुरु गरेका हुन् ।

सोमवार सिंहदरवारमा विघटित कार्यदलका संयोजक तथा सदस्यहरुसँग भेट गरी उनीहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकता वचाउन आग्रह गरे ।

पार्टी एकतालाई मजदुत बनाउनका लागि हामी दवाब र सल्लाह दिन अभियान सुरु गरिएको सांसदहरुले वताए । शीर्ष तहमा समस्या भएर त्यसलाई मिलाउनु पर्ने र त्यसका लागि आफुहरु पनि साथ दिन तयार रहेको सांसद कृष्णप्रसाद दाहालले वताए ।

‘हामी तपाईँहरुको साथमा छौं । पार्टीभित्रको समस्या समाधानभन्दा बाहिर, पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन । हामी जान दिँदैनौं’ उनले भने–‘देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभावित हुन हुँदैन।’

पार्टी एकता कार्यदलका संयोजक तथा सदस्यहरुले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनका आवश्यकताबारे सांसदहरुलाई जानकारी गराएका थिए । १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन सांसदहरुले आग्रह गरे। 

छलफलमा विघटित कार्यदलका माधव नेपाल पक्षका संयोजक रावल, अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङसहित कार्यदलका सदस्यहरु सहभागी थिए। 

माधवकुमार नेपाल विपक्षी गठवन्धन केपी शर्मा ओली दवाब अभियान

विशेष