News

‘प्रतिगमनकारी’ को विल्ला लागेपछि सांसदले मागे अडियो/भिडियो रेकर्ड

‘प्रतिगमनकारी’ को विल्ला लागेपछि सांसदले मागे अडियो/भिडियो रेकर्ड

संसदीय समितिको बैठकमा आफनै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘प्रतिगमनकारीको मतियार’ घोषणा गरेका एमाले सांसद नारदमुनि रानाले संसद सचिवालयसँग अडियो/भिडियो रेकर्डिङ माग गरेका छन् ।

आईतवार भएको वैठकमा माधव नेपालले आफूमाथि अभद्र व्यवहार गरेको र रेकर्ड सुनेर उनलाई कारवाही होस् भनि आफूले अडियो/भिडियो रेकर्ड मगाएको उनले वताए ।

उनले संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै बैठकको श्रव्यदृष्य माग गरेका छन् । रानाले नेता नेपालले आफूमाथि अभद्र व्यवहार गरेको बताए । ‘माधव नेपाल को हुन् मलाई बैठकबाट बाहिर जा भन्ने ?’ उनेले प्रश्न गरे–‘संसदीय समितिमा माधव नेपाल र म बराबर हैसियतमा छौं ।’

नेता नेपालले रानालाई वैठककै क्रममा थर्काउँदै राजीनामा दिएर निस्किन आदेश दिएका थिए । अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा वोलाईएका कैलाली ५ का सांसद रानासँग वरिष्ठ नेता नेपालको राजनीतिक विवाद भएको थियो ।

रानाले आफनो वोल्ने क्रममा ‘केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए’ भन्दै नेता नेपाललाई लक्षित गरेका थिए । रानाले ‘प्रतिनिधिसभा विघटनपछि पुनःस्थापना भएको छ । यो संसदलाई जनताले ल्याएको होइन, सर्वोच्चले फर्काइदिएको हो । अहिलेको सरकार पनि सर्वोच्चले बनाइदिएको हो । सरकार र संसद दुवै सर्वोच्चले बनाइदिएको कुरामा कुनै दुई मत छैन । दुवैलाई जनताले ल्याएका होइनन्’ भन्नासाथ नेता नेपाल, दिपकप्रसाद भट्टलगायत कांग्रेस, माओवादी केन्द्र र एमाले नेपाल पक्षका सांसदहरुले थर्काएका थिए ।

माधवकुमार नेपाल नारदमुनि राना संसदीय समिति प्रतिगमनकारीको मतियार

विशेष