News

वीपी प्रतिष्ठानले छानविन समितिलाई यस कारण दिएन सिसिटिभी फुटेज

वीपी प्रतिष्ठानले छानविन समितिलाई यस कारण दिएन सिसिटिभी फुटेज

सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा लागेको ताला आईतवार खुलेको छ । 

प्रतिष्ठानमा पछिल्लो समय देखिएको समस्यावारे अध्ययन तथा छानबिन गर्न गठित उच्चस्तरीय कार्यदलले आन्दोलनकारीको माग वमोजिम गत असार १५ गतेको सिसिटिभी फुटेज हेर्न खोजेपछि केहि समयका लागि ताला खोलिएको हो ।

आन्दोलनरत संघर्ष समितिले असार १५ गते वार्ताका क्रममा डा. गिरी मदिरा पिएर आरोप लगाएको छ। उक्त घटनाबारे सत्यतथ्य छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग उठेपछि छानबिन थालेको उच्चस्तरीय कार्यदलले प्रतिष्ठानसँग सिसिटिभी फुटेज मगाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ‘प्रतिष्ठानमा हाल देखिएका समस्याहरु पहिचान गरी समस्या समाधानको लागि गठित कार्यदललाई वार्ताको क्रममा असार १५ गते घटेको घटनाको सिसिटिभी फुटेज आवश्यक परेकोले उपलब्ध गराउन’ भन्दै प्रतिष्ठानलाई पत्राचार गरेको थियो।

सोहि पत्रपछि आइतबार दिउँसो आन्दोलनकारीको रोहबरमा उपकुलपति र रेक्टर कार्यालयको ताला खोलेर सिसिटिभी फुटेज हेरिएको थियो। दुवै कार्यालयमा आन्दोलनकारीले असार १६ गते लगाएको ताला अझै खोलिएको छैन। उपकुलपतिले असार १५ गते वार्ताको क्रममा मदिरा सेवन गरेर आएको र अन्य पदाधिकारीहरु पनि जिम्मेवार रहेको भन्दै संघर्ष समितिले चारै जना पदाधिकारीको राजीनामा माग गर्दै कार्यकक्षमा भोलिपल्ट तालाबन्दी गरेका थिए।  

तर, असार १५ गतेको फुटेल उपलब्ध हुन नसकेको जनाईएको छ । दुवै कार्यालयमा रहेको सिसिटिभको फुटेज २१ दिनसम्मको मात्र स्टोर रहने क्षमता भएकोले हाल उक्त घटनाको दिनको फुटेज नभेटिएको हो। 

सिसिटिभी फुटेज पनि फेला नपरेपछि उपकुलपति डा.गिरीले मदिरा सेवन गरेको आरोप प्रमाणित नहुने देखिएको छ। 

कार्यदलले १५ दिनभित्र कुलपति एवं प्रधानमन्त्रीलाई अध्ययन तथा छानबिन प्रतिवेदन बुझाउन समय दिइएको छ। कार्यदलको प्रतिवेदन कार्यान्वयन नभएसम्म आन्दोलन र तालाबन्दी जारी राख्ने संघर्ष समितिले जनाएको छ। 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उच्चस्तरीय कार्यदल

विशेष