News

नारदमुनीले परमादेशले बनेको सरकार भन्दा जोस्सिए काँग्रेस, माओवादी र माधव नेपाल समुहका सांसद 

नारदमुनीले परमादेशले बनेको सरकार भन्दा जोस्सिए काँग्रेस, माओवादी र माधव नेपाल समुहका सांसद 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आईतबारबसेको बैठकमा हंगामा भएको छ । केपी शर्मा ओली समुहका सांसद नारदमुनी रानाले अहिलेको संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा भएको हा ।  रानाले समितिमा यस्तो प्रतिक्रिया दिएपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका छन् ।

एमाले वरिष्ठ नेता माधव नेपालले रानाको सो अभिव्यक्तिपछि प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरेका थिए । 
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा केहिबेर सांसदहरुबीच चर्काेृ वादविवाद भएको थियो । काँग्रेस सांसद दिव्यमणी राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । उनले मन्त्रिपरिषदमा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको सुनाए ।


सांसदहरूले रानालाई बैठकबाट निकाल्न समेत सभापति पवित्रा  निरौलालाई आग्रह गरेका थिए । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेपनि सांसदहरू रानामाथि खनिएका छन् ।

नारदमुनी राना संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति

विशेष