News

महेश वस्नेतलाई संग्रौलाको जवाफ– मण्डले र शाही सेना झेलेर आएको हुँ

महेश वस्नेतलाई संग्रौलाको जवाफ– मण्डले र शाही सेना झेलेर आएको हुँ

लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला सामाजिक सञ्जालमा सकृय रहन्छन्। शासक तथा राजनीतिक दलका नेताहरुलाई गाली गर्नेहरु मध्ये उनी पनि एक हुन् । उनका शब्द ‘चस्स’ विझ्ने खालका हुन्छन् ।

हक्की स्वभाव र खरो लेखनीका कारण उनी प्रायः सवैलाई विझाउँछन् । आजै मात्रको कुरा गर्ने हो भने पनि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री पद वेचेको आरोप लगाएका छन्। उनले ट्वीटरमा लेखेका छन्–‘शेबदेले आफूसमेत कांग्रेसका तीन मन्त्री बनाए, सबै एकै जातका, सबै पुरूष। गण्डकी प्रदेशमा दोबाटे विकलाई मन्त्रीको वचन दिएर धोका दिई अर्कैलाई मन्त्री पद बेचे। यता संघीयमा स्वास्थ्यका व्यापारीलाई स्वास्थ्य राज्यमन्त्री बनाए। कसैका कुरा नसुनी मनपरी गर्ने मनोरोग ओलीबाट देउवामा सल्किएछ!’

यति मात्र होईन, चर्चामा रहेका र उनले गाली गर्न छुटाएका नेता सायदै होलान्। यसैक्रममा संग्रौलालाई पनि एमाले केपी शर्मा ओली पक्षका नेता महेश वस्नेतले धम्क्याई दिए । संग्रौलाका अनुसार बस्नेतले उनलाई ‘साइबर सेना’ लगाउने धम्की दिएका छन् । यो धम्की केपी ओलीको आदेशबमोजिम आएको र यसको निन्दा गर्न जरुरी भएकोले ट्विटरमार्फत सार्वजनिक गरेको उनले बताएका छन्।

ट्विटरमा उनले लेखेका छन्–‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर!’

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गरेपछि सत्ताच्युत भएका ओलीले अहिले युवा संघको ‘लडाकु दस्ता’ युथ फोर्स ब्यूँताएका छन्। जसको नेतृत्वदायी भूमिका महेश बस्नेत नै छन्।

युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्ने साउन ९ गतेको कार्यक्रममा बस्नेतले एमालेविरुद्ध लाग्ने बुद्धिजिवीलाई साइबर सेनाको सहयोग लिएर तह लगाउने चेतावनी दिएका थिए । यहि प्रसंगमा वस्नेतले आफुलाई धम्की आएको दावी गरेका छन् ।

वस्नेतले भने आफुले खगेन्द्र संग्रौलालाई धम्की नदिएको वताएका छन् । फेसवुकमा आफनो प्रतिक्रिया सार्वजनिक गर्दै उनले धम्काउने थर्काउने आफ्नो स्वभाव नभएको बताएका छन् ।

उनले लेखेका छन्– ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् । म भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ। राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ। सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।’ 

‘जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ।  न तेसो गर्न आवस्यक नै छ’ उनले थपेका छन्–‘युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिडनेछ। वाधा अडचन आइपरे मात्र हटाउनेछ। एमालेको पक्ति र जनतनसँग सत्रुता साँध्ने शक्ति वाहेक कोही त्रसित हुन अनवस्यक छैन। युथ फोर्सको गठनले असाहाय, पीडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ। बाँकी कन्फ्युजन हटाउन मैले बोलेको सुन्नुहोला।’

खगेन्द्र संग्रौला धम्की महेश वस्नेतले

विशेष