News विदेश Breaking News राजनीति

एक अफगान प्रहरी तालिबानसँग एक्लै १८ घण्टासम्म लडिरहे 

एक अफगान प्रहरी तालिबानसँग एक्लै १८ घण्टासम्म लडिरहे 

 

काबुल । पछिल्लो समय अफगानिस्तानमा तालिबानी आक्रमणहरु बढ्न थालेका छन् । यस्तैमा एक अफगानिस्तानका एक प्रहरी अधिकारी, अहमद शाह, दक्षिणी प्रान्त कन्धारमा १८ घण्टासम्म तालिबानी आतंककारीहरूसँग एक्लै सामना गरेका छन् । 

कन्धार सहरको उपनगरमा रहेको एक चौकीमा अहमद शाह र १४ अन्य प्रहरी अधिकारीहरु तैनाथ थिए । जब तालिवानले उनीहरूमाथि आक्रमण गरे, उनी घाएते भए पनि उनले आत्मसमर्पण नगरेको तोलो न्युजले जनाएको छ । 

"मैले आत्मसमर्पण गरेन र उनीहरूसँग लडाई लडिरहे । दुश्मन एकदमै कमजोर भयो । उनीहरूले हामीलाई उनीहरूको प्रचारको माध्यमबाट डराउन चाहन्थे तर मैले वास्तविकता जीवनमा कसैले कसैलाई डराउन सक्दैन भन्ने सिकें ।" 

शाहले तालिवानले अफगान सुरक्षा बलको निराकरण गर्न सैन्य आक्रमणको बारेमा व्यापक प्रचार अभियान गरिरहेको बताए । इलाकामा सुदृढीकरण पठाएपछि शाहलाई उद्धार गरिएको थियो । उनको अवस्था अहिले स्थिर अवस्थामा रहेको जनाइएको छ ।

"अफगानिस्तान एक सार्वभौम देश हो । यसको स्वतन्त्र सेना र एक सार्वभौम प्रणाली छ । यसको एउटा संविधान छ । हामी अफगानिस्तान इस्लामी गणतन्त्रका नागरिक हौँ," अफगान विशेष सेनाका सदस्य फजल मोहम्मद दौडजईले भने ।

तालिवानले दुई हप्ता अघि कन्धार शहरमा उनीहरूको आक्रमण सुरु गरेका थिए । 

 

विशेष