रेशम चौधरीको आयोगमा इन्ट्री, जसपाका दुवै पक्ष निरास
जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् ।
उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पु¥याइएको हो। यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो।
निर्वाचन आयोगका पदाधिकारीहरु सनाखतका लागि कारागारमै पुगे पनि रेशमले जेलबाट सनाखत गर्न अस्वीकार गरेका थिए। त्यसपछि गृहमन्त्रालयको समन्वयमा उनलाई आयोगको कार्यालयमै लैजाने व्यवस्था मिलाइएको हो।
उनलाई कडा सुरक्षाकाबीच आयोगको कार्यालय लगिएको हो। आयोगको कार्यालय पुग्नासाथ जसपाका दुवै समूहले रेशमलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए। तर उनले कतै पनि मतदान नगरी तटस्थ बस्ने निर्णय लिएका हुन्।
योसँगै जसपा विवादमा उपेन्द्र समूहसँग ३४ र महन्थ समूहमा १६ मत परेको छ।
जनता समाजवादी पार्टी रेशम चौधरी निर्वाचन आयोग