News अपराध सुरक्षा

मामाद्वारा वेचिएकी युवतीमाथि कारुणिक यौन ब्यवहार, असईले पनि छोडेनन् !

मामाद्वारा वेचिएकी युवतीमाथि कारुणिक यौन ब्यवहार, असईले पनि छोडेनन् !

एक युवतीलाई वर्षौंसम्म यौन शोषण गरेको आरोपमा नेपाल प्रहरीका असई जितेन्द्रनारायण मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दर्ता भएको छ । ति युवतीले गत साउन ८ गते मण्डलविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी छिन्।

उनले प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा पनि ठाडो निवेदन दिएकी थिइन् । मण्डलले अन्तिम पटक ०७७ चैत २८ गते राति इटहरी ६ स्थित गोरखा डिपार्टमेण्ट स्टोरपछाडि रहेको अरुण होटल एण्ड लजमा जबरजस्ती करणी गरेको युवतीले वताएकी छिन् ।

प्रदेश प्रहरीमा निवेदन दिएपछि मण्डललाई विराटनगर तानिएको थियो। त्यहि क्रममा साउन ३ गते ‘समस्या बाहिरै मिलाउँछु’ भन्दै निस्किएका मण्डलले युवतीलाई सल्लाहका लागि भन्दै वोलाएका थिए । श्रीमतीसहित आएका मण्डलले आफुलाई वोलाएर ‘विगतका सबै सम्बन्ध र लेनदेन समाप्त भएको’ आशयको कागजमा हस्ताक्षर गराउन खोजेको उनले वताएकी छिन् । त्यसका लागि उनले ५० हजार रुपैयाँको लालच दिएका थिए ।

असइ मण्डल अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा अन्तर्गत दमक केर्खा बिटमा कार्यरत छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले युवतीको जाहेरी दर्ता गरेर कानूनी प्रक्रिया सुरु गरेको बताएका छन् ।


यसरी सुरु भएको थियो यौन शोषणको श्रृंखला

असई मण्डल विरुद्ध जाहेरी दिएकी युवतीलाई १३ वर्षको उमेरमा उनका मामा मेघराज प्रधानले धरानमा ल्याएर वेचेका थिए । ‘भान्जीलाई भारतको गुवाहाटी घुमाउन लान्छु’ उनले धरान ल्याएर रामकुमार राईलाई बिक्री गरेका थिए । राईले सुरुमा आफुमाथि जवरजस्ती करणी गरको वताईन। आफु गर्भवती भएपनि रामकुमार भागेको र उनीतर्फका ६ वर्षीया छोरी छन् ।

करिब चार वर्षअघि धरानमा प्रहरीका हवल्दार जितेन्द्र (हाल असइ)सँग युवतीको भेट भयो। जितेन्द्रले उनलाई श्रीमती बनाउने भन्दै भोजपुर, झापा, इटहरी, लौकहीलगायतका स्थानमा लगेर राखेको पाईएको छ । युवतीले दुईपटक जितेन्द्रले दबावमा गर्भपतनसमेत गराएको वताईन ।

जितेन्द्रको झापा सरुवा भएपछि उनको श्रीमती रहेको थाहा पाएको र आफू अन्यायमा पारेको महसुस गरी प्रहरीमा उजुरी दिएको युवतीले वताइन। 

यौन शोषण जितेन्द्रनारायण मण्डल इलाका प्रहरी कार्यालय इटहरी

विशेष