News

संसदीय दलको नेता छान्न जसपाले गठन गर्यो समिति

संसदीय दलको नेता छान्न जसपाले गठन गर्यो समिति

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चयन गर्न नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन भएको छ। समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्।

मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा बने पनि संसदीय दलको नेता चयन भएको थिएन।

जसपामा विवाद बढेपछि अर्का अध्यक्ष ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो। उपेपन्द्र यादव–वावुराम भट्टराई पक्षले त्यसलाई अवैधानिक भन्दै आएको थियो ।

११ साउनमा निर्वाचन आयोगले हेड काउण्टका आधारमा उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो । लगत्तै आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको हो। बैठकले जसपा संसदीय दलको विधान पनि पारित गरेको छ।

निर्वाचन आयोगको केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गर्ने निर्णयविरुद्ध ठाकुर पक्षले ८ साउनमा सर्वोच्च अदालतमा निवेदन दिएको थियो। त्यसमाथि छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई १५ साउनमा बोलाएको छ।

संसदीय दलको नेता जसपा

विशेष