News राजनीति

ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदै देउवा, नयाँ को ?

ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदै देउवा, नयाँ को ?

प्रधानमन्त्री शेरवहादुर देउवाले केपी शर्मा ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउने प्रकृया अगाडि वढाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ नियुक्त गर्ने प्रदेश प्रमुखहरूको नाम बुझाई सकेका छन् । प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका प्रदेश प्रमुखलाई नै निरन्तरता दिन चाहेका छन् ।

स्रोतका अनुसार प्रचण्डले गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश २ को प्रदेश प्रमुखमा तिलक परियारको नाम बुझाइएको हो । बिहान पनि मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । 
 

विशेष