News अपराध सुरक्षा

मामाद्वारा वेचिएकी युवती वलात्कार आरोपमा असई मण्डल पक्राउ

मामाद्वारा वेचिएकी युवती वलात्कार आरोपमा असई मण्डल पक्राउ

आफनै मामाद्वारा वेचिएकी एक युवतीलाई वर्षौंसम्म यौन शोषण गरेको आरोपमा नेपाल प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय अन्तर्गत दमक केर्खा बिटमा कार्यरत मण्डललाई इलाका प्रहरी कार्यालय इटहरीले सोमबार फक्राउ गरेको हो । 

उनीविरुद्ध ९ साउनमा इलाका प्रहरी कार्यालय इटहरीमा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि मण्डललाई झापाबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

सुनसरी जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी मण्डलमाथि अनुसन्धान थालिएको डिएसपी केसीले बताए । उनले प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा पनि ठाडो निवेदन दिएकी थिइन् । मण्डलले अन्तिम पटक ०७७ चैत २८ गते राति इटहरी ६ स्थित गोरखा डिपार्टमेण्ट स्टोरपछाडि रहेको अरुण होटल एण्ड लजमा जबरजस्ती करणी गरेको युवतीले वताएकी छिन् ।

प्रदेश प्रहरीमा निवेदन दिएपछि मण्डललाई विराटनगर तानिएको थियो। त्यहि क्रममा साउन ३ गते ‘समस्या बाहिरै मिलाउँछु’ भन्दै निस्किएका मण्डलले युवतीलाई सल्लाहका लागि भन्दै वोलाएका थिए । श्रीमतीसहित आएका मण्डलले आफुलाई वोलाएर ‘विगतका सबै सम्बन्ध र लेनदेन समाप्त भएको’ आशयको कागजमा हस्ताक्षर गराउन खोजेको उनले वताएकी छिन् । त्यसका लागि उनले ५० हजार रुपैयाँको लालच दिएका थिए ।
यो पनि

मामाद्वारा वेचिएकी युवतीमाथि कारुणिक यौन ब्यवहार, असईले पनि छोडेनन् !

यौन शोषण जितेन्द्रनारायण मण्डल इलाका प्रहरी कार्यालय इटहरी

विशेष