गेरु वस्त्र लगाएर पुजारी बन्न रविन्द्र मिश्रलाई रन्जित तामाङको सुझाव (भिडियो सहित)
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रन्जित तामाङले संघियता र धर्म निरपेक्षताको बारेमा प्रश्न उठाउने उचित समय भैइ नसकेको बताएकाछन् । मंगलबार नेपाल आजसँग बोल्दै नेता तामाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।
करिब २ सय चालिस वर्षको निरंकुश राजतन्त्र र केन्द्रिकृत राज्य प्रणालीलाई विस्थापन गर्दै जनताले त्यसको विकल्पमा संघियता ल्याएको तामाङको भनाइ छ । देशले ठुलो तपस्या र बलिदानी गरि ल्याएको संघियता कार्यान्वयको चरणमा भएकाले यसको औचित्यमा प्रश्न उठाउनु अस्वभाविक भएको तामाङ बताउँछन् । सोमबार विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघियता र धर्मनिरपेक्षताको बारेमा जनमत संग्रह गर्नुपर्ने पार्टीको अवधारणा बनाउने प्रस्ताव ल्याएका थिए ।
नेता तामाङले मुलुकमा संघियता र धर्मनिरपेक्षता ल्याउनुमा रविद्र मिश्रको कुनै भुमिका नभएको भन्दै मिश्रबाट यस्तो अभिव्यक्ति सार्वजनिक हुनु सामान्य भएको प्रतिक्रिया दिएका छन् । यद्यपी नेपालमा संघियता र धर्मनिरपेक्षताको अभ्यास हुन थालेको थोरै समय मात्रै भएकाले यसको औचित्यमाथि प्रश्न उठाउनु अस्वभाविभक भएको उनको तर्क छ । भर्खरै कार्यान्वयनमा आएको संघियता र धर्म निरपेक्षताको बारेमा प्रश्न उठाउनेहरुले मुलुका फेरि हिंसा र अस्थिरता निम्त्याउन खोजेको तामाङ बताउँछन् ।
सबै धर्म भाषा, धर्म, जात र परम्पराका मानिसहरुलाई धर्म निरपेक्षताले सम्मान गरेको र त्यसलाई स्विकार गर्न नसक्ने व्यक्ति नेता हुन नसक्ने भन्दै नेता तामाङले रविन्द्र मिश्रलाई लक्षित गरि गेरु वस्त्र पहिरिएर पुजारी बन्न सुझाव दिएका छन् । उनि भन्छन्, ‘अहिलेको अवस्थामा सबै धर्म भाषा, धर्म, जात र परम्पराका मानिसहरुको धार्मिक आस्थालाई सम्मान गर्न नसक्ने व्यक्ति नेता हुन सक्दैन । उनिहरुले गेरु वस्त्र पहिरिएर धार्मिक प्रवचन दिएको सुहाउँछ ।’
सबै धर्म, भाषा, संस्कृतीलाई सम्मान गर्ने परिकल्पना संविधानले धर्मनिरपेक्षता मार्फत गरेको भन्दै त्यसको विकल्प धर्म सापेक्षता हुन नसक्ने उनि बताउँछन् । धर्म निरपेक्षेताको सवालमा जनमत संग्रह नै भएपनि त्यसको जनमत ५ प्रतिशत पनि नहुने नेता तामाङको दाबी छ ।
संघियता कार्यन्वयनमा कमिकमजोरी देखियता त्यसको कार्यान्वयको लागि दुई तहमा गहन छलफल हुनुपर्नै नेता तामाङको भनाइ छ । उनि भन्छन्, ‘संघियता कार्यान्वयनमा केही कमजोरी भएकाछन् । जसको समाधानको लागि कार्यान्वयन तहमा रहेको र बाहिर रहेको पक्षले छलफल गर्नु पर्छ । कार्यान्वयन तहमा रहेको समुहले कार्यान्वयनको लागि तत्परता देखानुपर्छ र बाहिर रहेको समुहले कार्यान्वयन गर्न खबरदारी गर्नुपर्छ ।’
संघियताले भ्रस्टाचार भयो भनिन्छ नि भन्ने प्रश्नमा व्यवस्थाले नभएर व्यक्तिको प्रवृतीले भ्रस्टाचार भएको उनको भनाइ छ । अहिले भ्रस्टाचार गर्नेलाई जनताले अर्काे निर्वाचानबाट परास्त गर्ने उनि बताउँछन् ।
रन्जित तामाङ संघियता धर्मनिरपेक्षता