प्रतिनिधि सभामा माधव नेपालको हैसियत माथि उठ्यो प्रश्न

नेकपा (एमाले) की सांसद गंगा चौधरी (सत्गौवा)ले आफनै पार्टीका वरिष्ठ नेता माधवकुमार नेताललाई उनको हैसियत माथि प्रश्न उठाएकी छिन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले ‘फरक विचार राख्दैमा निस्केर जा भन्ने नेता नेपालको हैसियत के हो ?’ भन्दै प्रश्न गरेकी छन् ।
१० साउन मा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सांसद् नारदमुनी रानालाई ‘प्रतिगमनको मतियार’ भन्दै राजीनामा दिएर जान भनेका थिए ।
सोही विषयमा सांसद् चौधरीले भनिन्, ‘फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? बराबरी हैसियत भएको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ त सबैको एउटै हैसियत हैन र ?’
चौधरीले नेता नेपालको व्यवहारले संविधान प्रदत्त वाक् स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको बताइन् । संविधानले दिएको मौलिक हकको हनन् भएको भन्दै उनले यस्तो ब्यवहार पुनः दोहोरिए थारु समुदायलाई स्वीकार नहुने चेतावनी दिईन।
यो पनि
‘प्रतिगमनकारी’ को विल्ला लागेपछि सांसदले मागे अडियो/भिडियो रेकर्ड
नारदमुनीले परमादेशले बनेको सरकार भन्दा जोस्सिए काँग्रेस, माओवादी र माधव नेपाल समुहका सांसद
गंगा चौधरी माधवकुमार नेताल