News राजनीति

वाइसै सांसदले सरकारमा जान खुट्टा उचालेपछि माधव नेपाललाई धर्म संकट

वाइसै सांसदले सरकारमा जान खुट्टा उचालेपछि माधव नेपाललाई धर्म संकट

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागि हुन उनी निकट सांसदहरूले चर्को दवाव दिन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका उनीहरुले सरकारमा सहभागि पनि हुनु पर्ने भन्दै नेपाललाई दवाव दिएका हुन ।

बुधबार सांसदहरूसँग भएको छलफलमा विश्वासको मत दिने सांसदहरूले सरकारमा जानुपर्नेमा जोड गरेको सांसद मेटमणी चौधरीले बताए । सरकारमा सहभागी हुनुपर्छ भन्नेमा आफुहरु सबै एक मत भएको उनले वताए ।

तर, नेता नेपालले भने सवैको कुरा सुनेर जवाफ दिएका छैनन्। उनले पछि निर्णय गरौंला भन्दै जवाफ दिएको चौधरीको भनाई छ। एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् ।

बैठकका सहभागिहरुले एमाले संसदीय दलको नेता पनि फेर्नुपर्ने माग उठाएका छन्।
 

माधवकुमार नेपाल

विशेष