त्रिभुवन विमानस्थलमा प्रहरीलाई इज्जत वचाउनै मुस्किल

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल कोभिडका कारण सुनसान देखिएपनि तस्करी वढेको छ। आवत जावत पातलो हुँदा पनि करौडोको तस्करी हुने गरेपछि विमानस्थल प्रहरीलाई इज्जत जोगाउन समेत मुस्किल छ।
विगत ९ महिनाको तथ्याङ्कलाई हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मी र भन्सार विभागको संयुक्त टोलीले ३२ जना तस्कर समातेको छ । उनीहरूबाट दश किलो ८२ ग्राम सुन नियन्त्रणमा लिइएको छ । जसको बजार मूल्य ७ करोड ७६ लाख रहेको छ ।
त्यसैगरी ८ जनाबाट ४३ लाख ३४ हजार श्रोत नखुलेको नेपाली रुपैयाँ, ५१ हजार अमेरकी डलर र २ हजार युरो बरामद भएको थियो । लागू पदार्थको तस्करीमा भने एउटा समूह मात्र पक्राउ परेको थियो । विमानस्थल सुरक्षामा खटिएको प्रहरीले त्यहाँबाट हुने अवैध सामानको तस्करी नियन्त्रणका लागि अभियान नै चलाएको जनाएको छ ।
तर, प्रहरीले समाउन नसकेको र जानकारी नै नपाएको समान त्यो भन्दा वढि पास भएको हुनसक्ने अनुमान छ। तस्करले प्रहरीको कमजोरी पत्ता लगाएर त्यसैलाई उपयोग गरिरहेको पाईएको छ । पछिल्लो समय तस्करहरूले आफ्नो शैलीमा परिवर्तन ल्याएको स्वयम् प्रहरीहरु नै स्विकार्छन । त्यसका लागि विमानस्थलमा अत्यधुनिक उपकरणको आवश्यक छ । तत्कालका लागि भेहिकल्स सर्च मेसिनको आवश्यक छ तर त्यो मेसिन उपलब्ध छैन।
यति मात्र होईन, सुरक्षा प्रविधि पेचिलो बनाउनु मात्र समाधान नभएर त्यहाँ काम गर्ने जनशक्ति पनि मन, वचन र कर्मले इमान्दार हुन आवश्यक छ । प्रहरी तथा कर्मचारीहरुले पहुँचका आधारमा विमानस्थमा सरुवा माग्ने क्रममा वढोत्तरी छ। यस हिसावले पनि तस्करी नियन्त्रण भईरहेको होला भन्ने विषयमा सरोकारवालाहरु नै आशंका ब्यक्त गर्छन ।
विमास्थलको सुरक्षा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला भने तस्करको प्रयासलाई निरुत्साहित पार्न व्यापक अभियान चलाइरहेको बताउँछन् ।
विमानस्थलको सुरक्षा निगरानीको लागि हाल ३ सय ७७ वटा सिसि क्यामेरा जडान गरिएको छ । सूचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको विमानस्थल प्रहरीको दावी छ । विगतको तुलनामा तस्करीका घटना न्यूनिकरण भएको र घट्दो क्रममा रहेको वास्तोलाले दावी गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्कर प्रहरी