News खेल

टोकियो ओलम्पिकमा गौरिकाले आफ्नै रेकर्ड सुधारिन

टोकियो ओलम्पिकमा गौरिकाले आफ्नै रेकर्ड सुधारिन

टोकियो अक्वाटिक्स सेन्टरमा भईरहेको टोकियो ओलम्पिकमा नेपाली पौडीबाज गौरिका सिंहले आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गरेकी छन् ।

आज भएको महिला एक सय मिटर फ्रिस्टाइलमा एक मिनेट शून्य दशमलव एक एक सेकेण्डमा पुरा गर्दै गौरिकाले कीर्तिमान बनाएकी हुन् । यसअघि उनले ५० मिटर लङ कोर्समा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा एक मिनेट शून्य दशमलव छ दुई सेकन्डको कीर्तिमान बनाएकी थिइन् ।

उनले नेपालमै भएको १३ औं सागको सर्ट कोर्समा ५८ दशमलव १३ सेकेण्डको समय निकालेकी थिइन् । गौरिका हिटमा तेस्रो भइन् ।

टोकियो ओलम्पिकमा अब नेपालका तर्फबाट एथलेटिक्सकी सरस्वती चौधरीको मात्र खेल बाँकी छ । सरस्वतीले महिला १ सय मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछिन् । 
 

गौरिका सिंह टोकियो ओलम्पिक

विशेष