News अपराध सुरक्षा

सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले यसरी पक्राउ गर्यो लुटेरा समुह

सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले यसरी पक्राउ गर्यो लुटेरा समुह

पसलेलाई हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट गर्न खोज्ने ५ जनालई मोरङ्ग प्रहरीले १० दिनेपछि पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका १० विराटचोकस्थित खगेन्द्र थापाले संचालन गरेको पसलमा उनीहरुले लुटपाटको प्रयास गरेका थिए ।

सिसिटिभी फुटेजका आधारमा मंगलबार राति अत्याधुनिक हतियारसहित सुन्दरहरैंचाका सन्तोष राईसहित पाँच जनाको समूह पक्राउ परेको प्रहरील्े जनाएको छ । अन्य ४ जनाको नाम गोप्य राखिएको छ ।

‘घटनामा संलग्न भएकालाई प्रक्राउ गरिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दशन जिसीले भने, ‘अहिले अनुसन्धानको क्रममा रहेका छौं । प्राविधिकसहितको सबै पक्षदेखि अनुसन्धान गर्दै आएका छौं ।’ मोरङ प्रहरीले पक्राउ गरेको समूहलाई बुधबार साँझतिर पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ । 

थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो । 

पक्राउ परेकाको साथबाट अत्याधुनिक स्वचालित हतियार एसएमजी, एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल र ७० राउण्ड विभिन्न हतियारका गोली बरामद भएको प्रहरीले जनाएको छ । 

लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीयलाई हतियार देखाएर आतंकित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो ।

प्रहरीको विशेष टोली घटना भएको १२ औँ दिनपछि उक्त गिरोहसम्म पुग्न सफल भएको हो । लुटपाट गर्न खोजिएको दृश्य सुनचाँदी पसलमा रहेको सिसी टिभी क्यामेराको फुटेजमा पनि कैद छ ।

पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो ।
 

विशेष