News कभर स्टोरी

पब्जि बन्द गर्नुपर्छ भनेर संसदमा बोलेपछि आशा विकलाई देशैभरीबाट आमाहरुका फोन (भिडियो सहित)

पब्जि बन्द गर्नुपर्छ भनेर संसदमा बोलेपछि आशा विकलाई देशैभरीबाट आमाहरुका फोन (भिडियो सहित)

प्रतिनिधि सभा सदस्य आशा विकले मंगलबारको सदनमा पब्जि र फ्री जस्ता अन्लाईन खेलले बच्चाहरुमा मनोवैज्ञानिक समस्या निम्त्याएको भन्दै सरकारले बन्द गर्नुपर्ने माग राखेकी थिइन् । अहिलेको अवस्थामा अन्लाईन खेलले बालबालिकामा मनोवैज्ञानिक समस्या देखा पर्न थालेको सांसद विकको भनाई छ । 
 


पब्जि र फ्री फायर जस्ता भर्चुअल हिंस्रक खेलहरुले बच्चाहरुमा द्धन्द्धको भावना सिर्जना गरेको उनि बताउँछिन् । विश्वव्यापी रुपमा कोरोना फैलिएसँगै विद्यालय बन्द भएको अवस्थामा बालबालिकाहरु अन्लाईन कक्षाका लागि मोबाईल र इन्टरनेटको पहुँचमा पुग्दा पब्जि र फ्री फायरको लतमा पुगेको सांसद विकको भनाई छ । गाउँबाट अध्ययनका लागि घरपरिवारबाट टाढा रहेका विद्यार्थीहरु अहिले पब्जि र फ्री फाएरको लतमा पुगेको सांसद विकको भनाई छ । रातभर पब्जि र फ्री फायर खेलेर बस्दा विहान बालबालिकाहरु अबेरसम्म सुत्ने भएकाले यसले उनिहरुले अध्ययनमा ध्यान नदिने सांसद विकको तर्क छ । उनि भन्छिन्, अहिले अध्ययनका लागि विद्यार्थीहरु विभिन्न गाउँबाट शहर आएका हुन्छन् । उनिहरुलाई अनुगमन गर्ने कोही नहुँदा रातभर अन्लाईन खेलमा बस्छन् । विहान अबेरसम्म सुत्ने भएकाले अध्ययनमा ध्यान पनि हुँदैन । 

सांसद विकले सदनमा अन्लाईन खेल बन्द गर्नुपर्छ भनेर धारणा राखेपछि देशका विभिन्न ठाउँबाट अविभावक र पब्जि खेलाडीका फोन आएको सुनाई्न् । विभिन्न गाउँबाट आमाहरुले छोराछोरी विग्रिएको भन्दै जसरी भएपनि बन्द गर्नुपर्छ भनेर फोन आएको उनि बताउँछिन् । उनि भन्छिन्, मलाई अर्घाखाँची, बझाङ र अन्य ठाउँबाट महिला दिदिबहिनीहरुको फोन आएको छ । बझाङबाट त दिदिबहिनीहरुले पब्जि बन्द गर्नका लागि दवाव दिन आन्दोलन नै गर्नुपर्छ भनेपनि हामी तयार छौँ । जसरी भएपनि बन्द गर्नु पर्छ । बालबालिका साह्रै बिग्रिए भनेर अनुरोध गरेकाछन् । 

सामाजिक सञ्जालमा सांसद विकको अभिव्यक्तिलाई लिएर दुई किसिमका प्रतिक्रिया आएकाछन् । त्यसमध्ये अविभावक र परिपक्व व्यक्तिहरुले पब्जि बन्द गर्नुपर्छ भनेर प्रतिक्रिया दिएको सांसद विकको भनाई छ । पब्जि खेलाडीहरुले भने आफ्नो अभिव्यक्ति मन नपरेको उनि बताउँछिन ।

आशा विक पब्जि र फ्री फायर बन्द

विशेष