News

गुल्मीमा भयानक जीप दुर्घटना, ३ जनाको मृत्यु ७ घाईते

गुल्मीमा भयानक जीप दुर्घटना, ३ जनाको मृत्यु ७ घाईते

गुल्मीको मुसिकोटमा बुधबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृतक सवैको पहिचान खुलेको छ।

मृतक मध्ये चन्द्रकोट गाउँपालिका ४ का ४५ वर्षीय तेजबहादुर थापा, चन्द्रकोट ५ का ४८ वर्षीय रेशम कार्की र रेसुङगा २ का ६८ वर्षीया शुशिला विक भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनीहरू तिनैजनाको घटना स्थलमै मृत्यु भएको हो । घाइते ७ जना मध्ये गम्भीर ४ जनालाई पाल्पास्थित मिशन अस्पताल रिफर गरिएको छ भने ३ जनाको तम्घास अस्पतालमा उपचार भैरहेको जनाईएको छ।

चन्द्रकोट ४ शान्तिपुरबाट तम्घास छुटेको लु १ ज ४५५९ नम्बरको जिप मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा दुर्घटनामा परेको थियो। जीप सडकबाट ४ सय मिटर तल खसेको थियो।
 

जीप दुर्घटना

विशेष