News राजनीति

माधव नेपाललाई ओलीका सुराकीको दवाव– नयाँ पार्टी वनाएर पनि सरकारमा जाउँ

माधव नेपाललाई ओलीका सुराकीको दवाव– नयाँ पार्टी वनाएर पनि सरकारमा जाउँ

सत्तारुढ गठवन्धनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर सरकार विस्तार गर्ने निर्णय गरिसक्दा पनि एमाले (माधव समुह) का कतिपय सांसदहरु सरकारमा जान अनेक उपाय खोजिरहेका छन् । सरकारमा जान ताम्सिनेहरुमा अध्यक्ष केपी शर्मा ओलीलाई छोडेर आएकाहरु अग्र मोर्चामा छन् ।

सरकारमा सहभागितालाई लिएर नेपाल समूहमा दुईथरी धारणा छन । कार्यदलमा रहेका स्थायी कमिटीका नेताहरु पार्टी एकता प्रक्रिया अघि बढिरहेकाले सरकारमा जान नहुने अडानमा छन् । तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिएका २२ सांसदसहित तेस्रो तहका अधिकांश नेताहरु छुट्टै पार्टी बनाएर सरकारमा जानुपर्ने बताइरहेका छन् । छुट्टै पार्टी वनाएर भएपनि सरकामा जानु पर्छ भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई दवाव दिनेहरुमा ओली सरकारमा मन्त्री वनेका र उनलाई छोडेर आएकाहरु नै सवैभन्दा अगाडि देखिएका छन् ।

त्यसबारे छलफल गर्न बसेको वुधवारको बैठकमा पनि अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव राखेका थिए । तर, वरिष्ठ नेता नेपालले भने समूहगत रुपमा सरकारमा जाँदा कानुनी र नैतिक रुपमा अप्ठेरो पर्नेतर्फ सचेत गराए। छलफलमा सहभागी एक नेताका अनुसार अधिकांश नेताले अलग पार्टी बनाएर सरकारमा जानुपर्ने धारणा राखेका थिए ।

ओलीलाई छोडेर नेपाल खेमामा आएका प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’ लगायतका नेताहरु सरकारमा जान तयार छन् । वुधवारको बैठकमा पनि उनीहरुले तत्काल नयाँ पार्टी गठन गरेर सरकारमा जानुपर्ने धारणा राखेको एक नेताले वताए ।

उनीहरुलाई नेता नेपालले ब्यक्तिगत रुपमा जान सुझाव दिए। छलफलमा सरकारमा गए सांसद पद जानेबारे पनि कुरा उठेको थियो । त्यसैले एमालेमै रहेर सरकारमा जान कानुनी कठिनाई हुने भएकाले अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने निर्णय भएको छ।

यता, नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि सत्ता गठवन्धनले उसलाई बाहिरै राखेर मन्त्रिपरिषद विस्तारको तयारी गरेको छ । त्यसका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । चर्चाअनुसार काँग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय, माओवादी र जसपाले समान सात–सात मन्त्रालय लिने सहमति गरेका छन् ।

तर, जसपाका कार्यकारिणी समितिका सदस्यहरुले भने सरकारमा काँग्रेस र माओवादी केन्द्र बराबरको हिस्सेदारी दाबी गर्न शीर्ष नेतालाई सुझाव दिएका छन् । मन्त्रिपरिषदमा प्रधानमन्त्रीबाहेक काँग्रेस, माओवादी र जसपाले बराबर हैसियत पाउने गरि गठवन्धनको बैठकमा प्रस्ताव राख्न नेतृत्वलाई सुझाव दिएको वैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यो पनि
माधव नेपाललाई राष्ट्रपतिको साथ, यस्तो छ भण्डारीको वाध्यता

ओलीले नै पठाए आफ्ना सांसदलाई देउवालाई भोट हाल्न

ओली समुहका ‘अपहरण विभाग उपप्रमुख’ श्रेष्ठले दिए देउवालाई मत !

प्रेम आले भन्छन्– मन्त्री बनाइदिन भन्दै मैले देउवालाई भेटेको छैन

सत्तारुढ गठवन्धन माधवकुमार नेपाल प्रेम आले कृष्णकुमार श्रेष्ठ ‘किसान’

विशेष