News विदेश मुख्य समाचार

पाकिस्तानद्वारा विदेशमा रहेको आफ्ना नागरिकहरुमाथि धम्की र उत्पीडन 

पाकिस्तानद्वारा विदेशमा रहेको आफ्ना नागरिकहरुमाथि धम्की र उत्पीडन 

इस्लामावाद । पाकिस्तानले आफ्नो सदाबहार सहयोगी चीनले जस्तै विदेशमा रहेका आफ्ना नागरिकहरुलाई धम्की दिने र उत्पीडन गर्न थालेको छ । पाकिस्तानले सरकारको विरोध गर्ने र मानवअधिकारको विषयमा आवाज उठाउने नागरिकहरुमाथि धम्की दिने गरेको छ । 

बेलायतको क्राउन अभियोजन सेवाले जूनको अन्तिम सातामा बेलायती पाक नागरिक मोहम्मद गोहीर खानलाई हत्या षड्यन्त्र गरेको आरोपमा पक्राउ गरेको छ । नेदरल्याण्ड्सस्थित पाक राष्ट्रिय अहमद वकास गोरायाको हत्या गर्ने षडयन्त्र गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनी निर्वासनमा रहेका पाकिस्तान सरकारको आलोचना गर्ने एक सामाजिक अभियन्ता रहेको बताइएको छ । 

आरोपित व्यक्तिले गोरायालाई लक्षित गर्नका लागि पाकिस्तानमा एकजनालाई भाडामा लिएको बताइएको छ । भ्वाईस अफ कराचीका अध्यक्ष र मुत्तहिदा कौमी मूभमेन्ट ९एमएमएमका पूर्व नेता नदीम नुसरत संयुक्त राज्य अमेरिकाको ह्युस्टन टेक्सासमा जुलाई ११ मा अज्ञात हमलावरहरूले गोली प्रहार गरेको बताएका छन् । 

एमक्यूएम लन्डन र क्यानाडा च्याप्टर्सले पाकिस्तानको सरकारविरुद्ध जुलाई ११ मा लन्डनमा र जुलाई १२ मा टोरन्टोमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको जुन ३० मा  नेशनल एसेम्ब्लीमा दिएको भाषणको विरूद्ध चर्को नाराबाजी गरेका थिए । 

पाकिस्तानका प्रधानमन्त्री खानले जुन ३० मा एकक्यूएमका प्रमुख अल्ताफ हुसेनलाई ड्राने आक्रमण गर्ने चेतावनी दिएका थिए । एक छुट्टै डेलिगेसनमा एमक्यूएमले अमेरिकी विदेश मन्त्रालयलाई जुलाई १३ मा पाकिस्तान प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएका थिए । 

गत वर्ष पाकिस्तानका दुई प्रख्यात आलोचकहरुमो हत्या गरिएको छ । मानवअधिकारकर्मी करीमा बलोच र साजिद हुसेन बलूच रहस्यमय अवस्थामा मृत फेला परेका थिए । क्यानाडामा निर्वासनमा बस्ने पाकिस्तानी मानव अधिकारकर्मी करीमा बलोच डिसेम्बर २०२० मा टोरन्टोमा मृत अवस्थामा फेला परेकी हुन् ।

उनी बलूचिस्तानका जनताको अधिकारको लागि वकालत गरिरहेकी थिइन् र बेपत्ता पारिएकाहरुको मुद्दालाई उठाइरहेकी थिइन् । उनका पति हम्माल हैदरले पाकिस्तान सरकारतर्फ संकेत गर्दै करिमाको मृत्युमा ठूलो खेल रहेको बताएका थिए । 

२०२० अप्रिलमा, बलूचिस्तानमा मानव अधिकार उल्लंघनको बारेमा लेख्ने पत्रकार साजिद हुसेन बलूच पनि स्वीडेनको एउटा खोलामा मृत भेटिएका थिए । पाकिस्तानमा ज्यान जोखिममा पर्ने भएपछि उनले स्वीडेनमा शरणमा बसेका थिए । 

अर्को घटनामा, पाकिस्तानी दूरसञ्चार प्राधिकरण (पीटीए)ले यस वर्ष जनवरीमा अमेरिकामा पाक अहमदियाको एउटा समूहलाई उनीहरूको वेबसाइट बन्द गर्न पाकिस्तानको ईश्वरनिन्दा कानून अन्तर्गत काराबासको धम्की दिएर र उनीहरूका आफन्तहरूलाई घर फर्काएर जबरजस्ती गर्न खोजिएको बताइएको छ । 

पाकिस्तान सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई यसरी नै धम्की दिने र आफ्ना गलत क्रियाकलापको पनि समर्थन गर्ने बनाउन लागिरहेको छ । 

विशेष