News

ओलीद्वारा हस्ताक्षर फिर्ता लिन निर्देशन,वामदेवको तुरुन्तै आपत्ती

ओलीद्वारा हस्ताक्षर फिर्ता लिन निर्देशन,वामदेवको तुरुन्तै आपत्ती

माधव पक्षबाट एकतावार्तामा निरन्तर सँलग्न नेतात्रय सुरेन्द्र पाण्डे,भीम आचार्य र गोकर्ण बिष्टले बिहान भेटेर बैठक स्थगननिम्ति आग्रह गर्दागर्दै टेन्टभित्र पस्नुभएका एमाले अध्यक्ष केपी ओलीले अर्को पक्षलाई कडा निर्देशन दिएकाछन्  ।

उहाँले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रीट हाल्ने २३ जना नेतालाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन समयसीमा तोक्नुभएको हो । उहाँले भन्नुभयो, “यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रम बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।”

यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रम बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।

उहाँको उक्त अभिव्यक्तिप्रति उपाध्यक्ष वामदेव गौतमले तत्काल आपत्ती जनाउनुभएको छ । हिजो वरिष्ठ नेता माधव नेपालसङ्गको फोनवार्तावारे बैठकलाई उहाँको ब्रिफिङ मैले भेटौं भनेर हिजो बेलुकी माधवजीलाई फोन गरें । २०-२५ मीनेट कुरा गरें । भेटौं भन्दा मान्नुभएन । ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दवावले मात्र उठाएको हुँ’ भने ।

विशेष