लेटाङका ९ कक्षा फेल राजेन्द्र न्यौपाने यसरी भए ‘मेडिकल माफिया सुनिल शर्मा’

विरामीको उपचार तथा विद्यार्थीलाई शिक्षा दिन खोलिएको मोरङ्गको विराटनगर–५, कञ्चनवारी स्थित नोवेल शिक्षण अस्पतालले आफनो दायित्व पुरा गर्ने क्रममा गर्नेे वदमासीका कारण सदावहार चर्चामा रहन्छ।
यो अस्पताललाई कहिले स्वास्थ्यकर्मीले लापर्वाही गरेर विरामी मारेको आरोप लाग्छ भने, कहिले आर्थिक अपराध गरेको आरोप लाग्छ। कहिले आवश्यक्ता भन्दा वढि विद्यार्थी भर्ना लिएको र कहिले अनावश्यक शुल्क लिएर विद्यार्थीलाई आर्थिक रुपमा कंकाल पारेको आरोप पनि यसै शिक्षण अस्पताललाई लाग्छ ।
अर्बौको सम्पत्ति भएको नोवेलमा अहिले पनि गलत उपचार गराउने, पीडितलाई धम्क्याउने, प्रशासनको आडमा नियन्त्रणमा राख्ने गरेको तथा सुनसरीको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ध्वस्त पारेको आरोप छ । चिकित्सक र कर्मचारीलाई कमिसन ख्वाएर प्रतिष्ठानलाई नोवेलको रिफर सेन्टर वनाएको आरोप शर्मा माथि छ।
नेपाली कांग्रेससँग नजिकको सम्वन्ध वनाएका शर्माले राजनीति र पैसाको पहुचमा सवै क्षेत्रलाई पैताला मुनी राखेका छन् । नेतालाई पालेको, घुस खुवाएको भरमा उनले जस्तासुकै अपराधवाट पनि उन्मुक्ति पाउँदै आएका छन् । उनलाई १० वर्ष अघि नै मेडिकल काउन्सिललाई झुठो विवरण दिएर करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो ।
विवरणका आधारमा नोवेल शिक्षण अस्पतालका ४ सय ५० बेड नै गायब गरेका समाचारहरु छ्यासछ्यास्ति भए । असार ०६७ मा अनुगमन गर्न गएको नेपाल मेडिकल काउन्सिलको टोलीले नोवेल मेडिकल कलेज विराटनगरमा ४२० बेड रहेको प्रतिवेदन दिएको थियो । त्यहाँ ६३० बेड थप्ने प्रतिबद्धतापछि शर्माको मेडिकल कलेजलाई एक सय ५० विद्यार्थी भर्नाको अनुमति दिइएको थियो । नोवेलले मेडिकल शिक्षामा प्रति विद्यार्थी ४७ लाख ९० हजार लिने गरिएको छ । यो हिसाबले काउन्सिले दिएको अनुमतिका आधारमा उसले त्यस बर्षमात्र ७२ करोड रकम उठाएको थियो, तर सर्त उसले पुरा गरेको थिएन ।
नौ महिनापछि वैशाख ०६८ मा अनुगमन गर्न गएको काउन्सिलको टोलीले ७२१ बेड पुगेको प्रतिवेदन दिएको थियो । करिब एक वर्षपछि असार ०६९ मा गएको अर्को टोलीले अस्पतालमा नौ सय बेड पुगेको जानकारी दिएको थियो । तर, सात महिनापछि प्रा.डा. विमलकुमार सिन्हाको नेतृत्वमा गएको टोलीले नोवेल मेडिकल कलेजमा ४५० मात्र बेड भेट्टाएको थियो । यस हिसाबले ४५० बेड नभएको मेडिकल कलेजले विद्यार्थी भर्नावापत उठाएको रकमले २ सय ५० करोड आर्थिक अपराध गरेको ठहर्छ ।
मापदण्ड नपुगे पनि विद्यार्थी भर्ना गर्न र मेडिकल कलेजको नाममा व्यापार बढाउन यसरी कागजी प्रक्रिया मिलाउने गरिएको त्यसै वखत खुलेको थियो । तत्कालिन छानबिन समितिका अनुसार पूर्वाधार र अध्यापक नहुँदानहुँदै पनि जथाभावी बढाएर नोवेल मेडिकल कलेजलाई सिट दिइयो, खाने भाँडो बनाइयो, चिकित्सा शिक्षाको स्तर खसाल्ने काम गरियो, अधिकारको दुरूपयोग गरियो।
तर, नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले र नेकपा माओवादीका उच्च तहका नेतासँगको सम्बन्धका कारण उनले प्रतिवेदनलाई झूठ सावित गराए र आर्थिक अपराध मच्चाए।
को हुन् शर्मा ?
शर्माको पुख्र्यौली घर मोरङ्गको लेटाङ हो। लेटाङमा माध्यमिक तह पढ्दा राजेन्द्र न्यौपाने नाम गरेका उनी त्यहाँ एसएलसी फेल गरेपछि कालीकोट जिल्ला गए। उताबाट फेरि ९ कक्षादेखि अध्ययन गरेर एसएलसी प्रथम श्रेणीमा पास भएर फर्किदा उनी सुनिल शर्मा भएका थिए ।
शर्मा हाल नेपाली कांग्रेस महासमिति सदस्य हुन्। उनलाई नेपाली कांग्रेसले २०७४ मा प्रतिनिधिसभा चुनावमा मोरङ –३ बाट उम्मेदवार बनाएको थियो। उनी तत्कालीन एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए। कांग्रेसमा उनको सम्वन्ध ०६४ देखि गाँसिएको हो । त्यसवेला उनले कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालासँग सम्वन्ध वनाए ।
विराटनगरमा नेपाली कांग्रेससँग नजिकको सम्बन्ध बनाएपछि उनले कोइराला निवासमा गाँस, वास र कपास सवै पाए । उनले बासमात्र होइन तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालापुत्री सुजाता कोइरालालाई मोटरसाइकलमा राखेर भारत पुर्याएवापत ‘स्यावासी’ पनि पाए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा सत्ता हातमा लिएपछि राजाको कदमबारे विदेशीसँग कुरा गर्न सुजातालाई स्थलमार्ग हुँदै भारत पुराउन शर्माको सहयोग थियो ।
सोहि समयमा विराटनगरका डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, रविन दाहाललगायतको समूह नोवेल मेडिकल कलेज सञ्चालन तयारीमा थियो । कलेजका लागि भौतिक पूर्वाधार र टिचिङ फ्याकल्टी व्यवस्था गरेपछि उनीहरूले सम्बन्धनका लागि काठमाडौं विश्वविद्यालयमा आवेदन दिए । सम्बन्ध नमिलिरहेका बेला शर्मा भेटिए ।
भयंकर महत्वकांक्षी शर्माले सुजातालाई गरेको सहयोगको मूल्य नोवेल मेडिकल कलेजको सम्बन्धसँग साटे । शेखर कोईराला मार्फत तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट सम्बन्धन दिलाएपछि सेयरधनी बनेर नोवेलमा भित्रिएका हुन शर्मा।
२०५९ सालमा स्थापना गर्दा डा. ज्ञानेन्द्र गिरी अध्यक्ष रहेको नोबेल मेडिकल कलेजमा २८ करोड लगानी थियो। नोबेललाई सम्बन्धन दिलाउने सर्तमा सुनिल त्यसमा १६ प्रतिशत सेयर लिएर छिरेका हुन। डा. कोइरालामार्फत २०६४ सालमा उनले सम्बन्धन दिलाएको समयमै माओवादी नेता वर्षमान पुन र हरिवोल गजुरेलमार्फत शर्माले गिरीसहित नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डे लगायतलाई अपहरण गरी काभ्रेको कामीडाँडा पुर्याएर मरणासन्न हुनेगरी पिटाए।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको उपस्थितिमा वर्षमान पुन, सुनील र नोवेलका अन्य साझेदार राखेर दाहाल निवासमा छलफलका लागि विराटनगरबाट उनीहरुलाई काठमाडौं वोलाईयो । तर, एयरपोर्ट छेउबाट २०६४ मंसिर १८ गते डा.गिरी, पाण्डे, आदित्य खनाल, उमेश पाण्डेलाई शर्माले वाइसिएलका तत्कालीन इन्चार्ज चन्द्रबहादुर थापा (सागर) को निर्देशनमा अपहरण गराएका थिए ।
यो घटनापछि सबै सञ्चालक नोबेलबाट अलग भए। त्यसपछि उनले साझेदारका रुपमा विराट अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई भित्र्याएर ५० प्रतिशत सेयर दिए । डा. कार्कीसँग उनको साझेदारी लामो समय टिकेन । त्यसपछि नोवेलमा शर्मा एकलौटी लुट मच्चाई रहेका छन् ।
यो पनि
‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए
नोवेल शिक्षण अस्पताल ज्ञानेन्द्र गिरी सुनिल शर्मा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान