News

किर्ते पत्रः अफ्ताव आलमलाई जेल मुक्त गराउन किन लागे प्रचण्ड ?

किर्ते पत्रः अफ्ताव आलमलाई जेल मुक्त गराउन किन लागे प्रचण्ड ?

नेकपा (माओवादी केन्द्र) को लेटर प्याड र अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित एउटा पत्र वुधवार सार्वजनिक भयो । जसमा इटाभट्टामा ज्यूदै मान्छे पोलेका पुर्व सांसद अफ्ताव आलमलाई जेल मुक्त गर्न पहल गर्नेलगायत ६ वटा निर्णय उल्लेख छ।

पत्रको रिसानमा लेखिएको छ–‘वर्तमान सरकारमा सामेल हुने सन्दर्भमा आज (०७८ साउन १३) साँझ वसिएको पार्टीको औपाचारिक वैठक वमोजि गरिएका निर्णयहरु निम्नानुसार छ।’ त्यसपछि ६ वटा निर्णय सिलसिलेवार रुपमा राखिएको छ । 

निर्णय नं. १ मा ‘पुर्व सर्त अनुसार माहौल नवनेको कारण माधव नेपालको अपरिपक्क निर्णयका वावजुद ६ मन्त्री र केहि प्रदेश प्रमुख नियुक्तिको वातावरण मिलाउने’ भन्ने उल्लेख छ भने दोश्रो नं. का निर्णयमा ‘कमरेड माधव नेपालले एमालेमै फर्किने वातावरण मिलाएर २–४ अरु मन्त्रीको लागि पहल गर्ने।’ लेखिएको छ ।

यसैगरी, केन्द्रीय जम्मा सांसदको संख्या ४९ जनाले कुनै न कुनै तवरले नियुक्ति दिने वा सम्वन्धित ब्यक्तिको हकमा सिफारिस नियुक्तको लागि पहल गर्ने, साझा कार्यक्रम अन्तर्गत अफ्ताव आलमको रिहाईको लागि पहल गर्ने, एमसीसी कार्यान्वयनका लागि पार्टी तथा तल्लो संरचनासम्म लैजाने र आवमा सहमति वमोजिम सरकार संचालनको वातावरण तथा माहौल वनाउने कुरा उल्लेख गरिएको छ ।

प्रचण्डद्वारा हस्ताक्षर गरिएको यो पत्र वाहिरिएपछि सर्वत्र यसको चर्चा सुरु भयो । तर, नेकपा माओवादी केन्द्रले भने त्यो पत्र नै कर्ति भएको दावी गरेको छ। अध्यक्ष प्रचण्डको हस्ताक्षर, पार्टीको छाप, लेटर प्याड किर्ते गरी मन्त्रीमण्डल विस्तार सम्बन्धमा भ्रम फैलाइएको भन्दै केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘हस्ताक्षर, लेटर प्याड, छाप किर्ते गरी पार्टी, पाँच दलीय गठबन्धन र आमसमुदायमा भ्रम फैलाउन अराजक तत्वहरुले कथित मन्त्रीमण्डल विस्तार गरेको छ ।’

केन्द्रले उक्त कार्यबाट प्रतिगमनकारी, पश्चगामी र पूरातनवादी तत्व हावी भएको जनाएको छ । उनीहरुले अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्न खोजेको माओवादीको ठहर छ ।

जारी विज्ञप्तिमा उक्त भ्रमको पछि नलाग्न अनुरोध गर्दै दोषी पत्ता लगाएर कडाभन्दा कडा कारबाही गर्न समेत पर्टीले माग गरेको उल्लेख छ ।

नेकपा (माओवादी केन्द्र) पुस्पकमल दाहाल ‘प्रचण्ड’ अफ्ताव आलम

विशेष