News

ओलीविरुद्धको स्ट्याटसले विद्यार्थी समुह विच झडप, १ जना गम्भिर

ओलीविरुद्धको स्ट्याटसले विद्यार्थी समुह विच झडप, १ जना गम्भिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध फेसवुकमा स्ट्याटस लेखेको विषयमा झडप हुँदा काठमाण्डौँ महानगरपालिका १७ क्षेत्रपाटी धोबिचौरस्थित पब्लिक युथ क्याम्पसका एक विद्यार्थी गम्भिर घाईते भएका छन्। 

फेसबुक स्ट्याटसका विषयमा अनेरास्ववियु र नेविसंघका विद्याथीहरु विच झडप भएको थियो । आज भएको झडपमा नेपाल विद्यार्थी संघका नेता बलराम उप्रेती गम्भिर घाइते भएका हुन् ।

नेविसंघ पब्लिक युथ क्याम्पस ईकाई कमिटीका सदस्य तथा विद्यार्थी नेता उप्रेतीले आफ्नो फेसबुक स्टाटसमा एमाले अध्यक्ष केपी ओलीबारे नराम्रो कमेन्ट गरेको भन्दै अनेरास्ववियुका नेता निराजन शाही र उनीवीच बिहान करिब १० बजे झगडा भएको थियो ।

झगडाबाट घाइते भएका उप्रेतीलाई हाल वीर हस्पिटल ट्रमा सेन्टर लगिएको छ । त्यस्तै, अनेरास्ववियुका नेता शाहीलाई सोह्रखुट्टे प्रहरीले नियन्त्रणमा लिएको छ । 

विशेष