News राजनीति

माधव नेपाललाई राजनैतिक र संवैधानिक नियुक्तीमा भाग, सरकारमा तीन दल

माधव नेपाललाई राजनैतिक र संवैधानिक नियुक्तीमा भाग, सरकारमा तीन दल

सत्तारुढ गठबन्धनको विहिवार वसेको वैठकले नेकपा एमाले (माधव समुह) वाहेकका तीन दलले मन्त्रालय भागवण्डा गरेर सरकारलाई पुर्णता दिने निर्णय गरेको छ ।

नेपाल समुहले सरकारमा नजाने निर्णय सुनाएपछि तीन दल विच मन्त्रालय भागवण्डा भएको हो । नेपाल पक्षलाई राजनीतिक र संवैधानिक नियुक्तीमा समेट्ने सहमति पनि वैठकले गरेको छ ।

गठबन्धनको सहमतिअनुसार कांग्रेसले सवै भन्दा धेरै उपप्रधानमन्त्रीसहित ८ वटा मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्र र जसपाले समान ७–७ वटा मन्त्रालय पाउने सहमति जुटेको एक नेताले जानकारी दिए ।

सरकारमा सहभागी नभए पनि नेपाल समूहलाई राजनीतिक र संवैधानिक नियुक्तिमा भने समेट्ने सहमति गठबन्धनले गरेको ति नेताको भनाई छ।

मन्त्रालयको भागवण्डा टुंगो लागेसँगै मन्त्रीपरिषद् विस्तारको तयारी समेत गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीको नाम तत्काल दिन आग्रह गरेका छन्।

छलफलमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सहभागी थिए।

सत्तारुढ गठबन्धन

विशेष