News राजनीति

उपेन्द्र यादवलाई मन्त्री हुन नदिन वावुराम भट्टराई नै तघारो

उपेन्द्र यादवलाई मन्त्री हुन नदिन वावुराम भट्टराई नै तघारो

सत्तारुढ गठवन्धनले सरकारमा तीन दल सहभागि हुने सहमतिसहित दलहरुले पाउने मन्त्रालयको संख्या समेत टुङ्गो लगाएको छ ।

गठवन्धनको सहमति अनुसार कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ र माओवादी केन्द्र र जसपाले ७/७ मन्त्रालय पाउने छन् । यो सहमतिसँगै जसपाले अध्यक्ष उपेन्द्र यादवसहित सरकारमा सहभागि हुने भन्दै मन्त्रीको नाम लगभग टुङ्गो लगाएको छ।

तर, पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराई उपेन्द्रलाई सरकारमा जान नदिने रणनीतिमा अघि सरेका छन् । मन्त्रीको नाम टुङ्गो लगाउन आज बिहानैदेखि वसेका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईका विचमा एक खाले सहमति वनेपछि भट्टराईले अड्को थापेको वताईएको छ।

वैठकले मन्त्रीमा उपेन्द्र यादवसहित महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, इस्तियाक राई, रानी मण्डल, प्रमोद साह, अमृत अग्रहरीलगायतको नाम प्रस्ताव गरेको छ। तर, भट्टराईले भने यसपटक पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा जान नहुने तर्क गरेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार डा.बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, रेणु यादवलगायतका नेताहरुले उपेन्द्र यादव सरकारमा सहभागी नहुँदा नै राम्रो हुने तर्क राखेपछि उनी तनावमा परेका छन् । यो चुनावी सरकार भएकाले पार्टीकै अध्यक्ष सरकारमा सहभागी भएपछि संगठन सञ्चालन प्रभावित हुने तर्क भट्टराईले अघि सारेका छन् । 

यो पनि

माधव नेपाललाई राजनैतिक र संवैधानिक नियुक्तीमा भाग, सरकारमा तीन दल

वावुराम भट्टराई उपेन्द्र यादव सत्तारुढ गठवन्धन

विशेष