News

सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र वनाउन माओवादीको प्रस्ताव

सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र वनाउन माओवादीको प्रस्ताव

नेकपा माओवादी केन्द्रले सरकार सञ्चालन, न्युनतम साझा कार्यक्रम र न्यूनतम आचारसंहिताका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रश्ताव गरेको छ ।

शुक्रबारको संसद्को विशेष समायमा नेता गिरिराजमणि पोखरेलले संयन्त्र बनाउन प्रस्ताव गरे। लोक–वाम प्रजातान्त्रिक एकता कायम भएको भन्दै उनले ‘छिटोभन्दा छिटो न्यूनतम साझा कार्यक्रम, न्यूनतम आचारसंहिता र सरकार सञ्चालनको लागि एउटा संयुक्त संयन्त्र निर्माण गरेर चाँडोभन्दा चाडो अघि बढौँ’ भने ।

०७२ को संविधान निर्माणदेखि नै निरन्तर अवलम्बन गर्नुपर्ने बाटो अल्मलिए हुन नसकेको वताएका उनले अहिले फेरी त्यो अवसर प्राप्त भएको वताए ।

सरकारसामु अवसरसँगै धेरै चुनौतीहरु रहेको भन्दै दूरगामी विषयमा पनि सरकारले यस बेलै ध्यानपूर्वक काम गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तनकै कारण मेलम्ची र मनाङमा विपत्ति आएको भन्दै अझै पनि वर्षा निरन्तर भएकाले सचेत हुनुपर्ने बताए ।

पोखरेलले यस वर्षको मनसुन यथावत् भएको हुनाले यसबाट पाठ सिक्नुपर्ने बताए । यस वर्षको मनसुन सिधै हिमालबाट सुरु भएको भन्दै उनले वैज्ञानिकहरुले धेरै वर्षा हुने चेतावनी दिए पनि अकल्पनीय क्षति भएको बताए । 

गिरिराजमणि पोखरेल उच्चस्तरीय राजनीतिक संयन्त्र

विशेष