News

माधवलाई दोस्रो अध्यक्ष वनाउने प्रस्ताव ओलीलाई स्विकार, इश्वरलाई अस्विकार

माधवलाई दोस्रो अध्यक्ष वनाउने प्रस्ताव ओलीलाई स्विकार, इश्वरलाई अस्विकार

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षवाट आएको दोस्रो अध्यक्षको प्रस्ताव अस्विकार हुने वाटोमा लागेको छ। एकता कार्यदलको प्रयासपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ‘दोस्रो अध्यक्ष पनि स्विकार’ गर्न तयार देखिएका थिए ।

तर, नेपालले त्यसपछि पनि तीन वटा प्रस्ताव अघि सारेपछि ओली पक्षले कडा शब्द प्रयोग गर्न थालेको हो । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताए।

शुक्रवार थापाथलीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खिर खाने कार्यक्रममा नेता पोखरेलले नेपाल पक्षको प्रस्ताव विधि र विधानभन्दा फरक ढङ्गले आएको उल्लेख गरे ।

पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उनले जोड दिए । 

माधव नेपाल पक्षबाट दैनिक जसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए। पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए।
 

माधवकुमार नेपाल केपी शर्मा ओली ईश्‍वर पोखरेल दोस्रो अध्यक्ष

विशेष