News देश राजनीति

भीम रावल यस कारण होईनन् राष्ट्रवादी नेता, एमसीसीको विरोध नक्कली

भीम रावल यस कारण होईनन् राष्ट्रवादी नेता, एमसीसीको विरोध नक्कली

नेकपा एमालेका सांसद तथा पार्टीका उपाध्यक्ष भीम रावलले शुक्रवार प्रतिनिधी सभामा विशेष समय लिएर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताको चर्को विरोध गरे । एमसीसीसँग जोडिएका सबै सम्झौता प्रतिनिधि सभामा पेस गर्न माग गर्दै उनले त्यससम्वन्धि भएका गोप्य सम्झौता पनि पेस हुनु पर्ने वताए ।

‘एमसीसीसँगको नेपाल सरकारले गरेको सम्झौता। म यहाँवाट सम्माननिय सभामुख महोदय यो सम्मानित सदन र सम्पुर्ण देशभक्त नेपालीहरुलाई भन्न चाहान्छु । त्यो सम्झौता, जुन प्रतिनिधि सभामा प्रस्तुत भएको छ। त्यो सँगसँगै अरु थुप्रै गोप्य सम्झौता भएका छन्’ उनले भने–‘मैले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाट गठित पुर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा जुन कार्यदल वनेको थियो, त्यहाँ रहँदा धेरै सम्झौताहरु पढ्ने अवसर पाएँ। तर, केहि सम्झौताहरु अझै प्राप्त हुन सकेनन्।’

ति सम्झौताहरु प्रतिनिधि सभामा अनुमोदन नै नभई कसरी कार्यान्वयनमा आउँछन् भन्दै रावलले प्रश्न गरे । ‘उदाहरणको रुपमा जव प्रतिनिधि सभामा त्यो सम्झौता अनुमोदन भएको छैन भने त्यसको कार्यान्वयन कसरी हुन्छ। सम्झौता अनुमोदन नभई नुवाकोटका ति जग्गाहरु अधिग्रहण कसरी हुन्छन् ? त्यसको कार्यालय कसरी खुल्छ ?’ उनले थपे–‘एउटा पाँच तारे होटलमा कार्यालय खोलेर नेपाली जनताको राजश्ववाट टेलिभिजन र रेडियोवाट त्यो अनुदानको प्रसंसाको गीत गाउने कुरा कसरी हुन्छ।’

सवैभन्दा पहिला नेपाली जनताको सार्वभौम अधिकारको अभ्यास गर्ने संसदले त्यसको वारेमा निर्णय गर्नुपर्ने उनले माग राखे । ‘तव मात्र त्यसको कार्यान्वयन कसरी हुन्छ, त्यसका कार्यालय कसरी खुल्छन्– तव हुनु पर्ने हो’ उनले भने–‘यसवाट के देखिन्छ भने जसरी पुर्वप्रधानमन्त्रीहरुवाट केहि समय अगाडि नेपालमा वाह्य हस्तक्षेपतर्फ संकेत गर्दै एउटा बक्तब्य प्रकाशित भएको थियो । यो गतिविधि सम्भवत उहाँहरुको वक्तब्यले संकेत गरिनु पर्ने एउटा नमुना हो ।’

अमेरिकी मन्त्रीहरुले ‘एमसीसी भनेको हिन्द प्रशान्त रणनीतिको अंग हो’ भन्ने कुरा पटक पटक बक्तब्य दिएको जनाएका उनले एमसीसी सम्झौताका प्रत्येक दफाहरुको अध्ययान गर्दा पनि त्यो कुरा प्रष्ट हुने वताए । नेपालको संविधानले कुनै पनि सामरिक अर्थ लाग्ने गरी राजनीतिक र शैनिक गठवन्धनमा सामेल हुन रोक लगाएको कुरालाई उल्लेख गर्दै उनले एमसीसीको विरोध जनाए ।

यति मात्र होईन, रावलले आफनो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पनि एमसीसीको खुव विरोध गर्दै आएका छन् । रावलको आजको सम्वोधन र यस अघिको विरोधका स्वर सुन्ने कतिपयलाई रावल साँच्चीकै राष्ट्रवादी नेता हुन भन्ने छाप परेको छ। हुन पनि हो देशको विषयमा यति स्पष्ट वोल्ने नेता विरलै छन् । यस अर्थमा पनि रावलप्रति मान्छेको झुकाव देखिनु स्वभाविक हो ।

तर, इतिहाँस पल्टाएर हेर्ने हो भने रावलको ब्यवहार भनेको ‘दिँदा नखाने, राती उठेर कोल चाट्ने’ भन्ने नेपाली उखानसँग मिल्दो छ। आफु सत्ता र पदमा हुँदा वास्तै नगर्ने तर, जव पदवाट वाहिरिनु पर्छ अनि एमसीसी मात्र होईन, राष्ट्रवादको रापले भतभती पोल्ने प्रवृत्तिले उनलाई ग्रस्त वनाएको एमालेकै नेताहरु वताउँछन् ।

नेपालमा एमसीसी प्रकरण ०६८ भदौ १२ देखि ०६९ फागुन ३० सम्म प्रधानमन्त्री भएका वावुराम भट्टराईको समयमा छिराईएको हो । यसलाई नेपाल छिराउने मुख्य पात्र तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ रहेको इतिहाँसविद् एवम् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी वताउँछन् । आफनो पार्टीका नेता भट्टराई नेतृत्वको सरकार भएका वेला उनले नै एमसीसी भित्र्याएको उनको दावी छ ।

त्यसपछि ०६९ चैत १ देखि २०७० माघ २८ सम्म खिलराज रेग्मी मन्त्री परिषदका अध्यक्ष तथा ०७० माघ २८ देखि ०७२ असोज २४ सम्म सुशील कोइराला र ०७२ असोज २५ देखि ०७३ साउन १९ सम्म केपी शर्मा ओली प्रधानमन्त्री भए । प्रधानमन्त्री ओली नेतृत्वको ९ महिना २० दिनको सरकारमा यिनै रावल उपप्रधान तथा रक्षामन्त्री थिए। उनले चाहेका भए सोहि समयमा एमसीसीका विषयमा वार–पार गर्न सक्थे। तर, त्यतिवेला उनले एमसीसीको विषयमा वास्ता गरेनन् ।

जव ओली नेतृत्वको सरकार वन्यो, जव उनी सरकारमा जान पाएन, जव वरिष्ठ नेता माधवकुमार नेपाल र उनको टिमलाई ओलीले वास्ता गर्न छोडे तव रावलमा राष्ट्रभक्ति जागरेको विश्लेषक केसीको भनाई छ । 

‘एमसीसी प्रचण्डले गरे, मान्छेहरु केपी ओलीलाई गाली गर्दै हिडे। एमसीसी वावुरामका पालामा प्रचण्डले गराएको हो। अर्थमन्त्री वर्षमान पुन थिए’ उनले भने–‘वावुरामको पालामा सुरु भएर खिलराज रेग्मी, शुशिल कोईराला, केपी शर्मा ओली र पुस्पकमल दाहाल ‘प्रचण्ड’ हुँदै अघि वढ्ेको हो।’

केपी ओलीको क्याविनेटमा भिम रावल नै उपप्रधानमन्त्री रहेको भन्दै उनले भने–‘अहिले आएर भिम रावल नै सवैभन्दा ठुलो एमसीसी विरोधी भएका छन्।’

यो पनि

एमसीसीको प्रवर्धक भिम रावल अहिले सवैभन्दा ठुलो ‘एमसीसी विरोधी’ !

भीम रावल एमसीसी सुरेन्द्र केसी

विशेष