News

प्रहरी हिसासतमै थुनुवाको हत्या भएको आशंका, शौचालयमा भेटियो शव

प्रहरी हिसासतमै थुनुवाको हत्या भएको आशंका, शौचालयमा भेटियो शव

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका एक थुनुवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। 

धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा का ४० वर्षीय पल्टु रविदासको शव हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको छ।

शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीले दावी गरेको छ। ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा शव फेला परेको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीकोभ नाई छ।

आफनै भाईसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, आर्थिक अवस्था कमजोर भएकाले रविदासले धरौटी बुझाउन नसक्ने भएपछि अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो। भाईसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, आर्थिक अवस्था कमजोर भएकाले रविदासले धरौटी बुझाउन नसक्ने भएपछि अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो।

कारागार पठाउनको तयारी गरिरहेका वेला उनको शव भेटिएको छ । परिवारजनले भने उनको आत्महत्या नभई हत्या भएको आरोप लगाउादै घटनाको अनुसन्धान गर्न माग गरेका छन्।
 

हिरासत जिल्ला अदालत जिल्ला प्रहरी कार्यालय धनुषा

विशेष