News नेपाल आज विशेष

यस कारण पार्टी एकता चाहँदैनन् माधव नेपाल

यस कारण पार्टी एकता चाहँदैनन् माधव नेपाल

पार्टी एकता भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरु रात दिन खटिरहेका छन्, तर दुई नेताविचका टकरावका कारण उनीहरुको प्रयास सफल हुन सकेको छैन। अध्यक्ष केपी शर्मा ओली पनि आफु नेतृत्वको सरकार ढाल्न सघाएको रिस पैतालामुनी राखेर अरुलाई देखाउनकै लागि भएपनि पार्टी एकताको पक्षमा छन्। जंगे शैलीमै भएपनि उनले कसैलाई कारवाही नगर्ने वचन पनि दिए।

तर, वरिष्ठ नेता माधवकुमार नेपालले ओलीका कुनै पनि प्रयास सफल हुन दिएका छैनन् । उनले ओलीका हरेक प्रस्तावलाई षडयन्त्रको संज्ञा दिदै आएका छन् । उनको यो शैलीले एमालेका नेता÷कार्यकर्ताहरु नै आश्चर्यमा पर्न थालेका छन् । कतिपय नेता÷कार्यकर्ताले त नेता नेपाल अव एमालेमा वस्नै नचाहेको प्रतिक्रिया पनि दिन थालेका छन् ।

नेता नेपालका पछिल्ला गतिविधि त्यसै दिशामा देखिएको उनीहरुको भनाई छ। २७ असारमा राति पार्टीभित्रको विवाद निरुपणका लागि बनेको एकता कार्यदलले १० बुँदे सहमति गर्यो । उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता नेपाललाई फोन गरेर सरहमतिका वुँदावँदा सुनाए । श्रोतका अनुसार नेपालले ‘ठीक छ, ठीक छ’ भन्दै गए।  त्यसपछि कार्यदलले १० बुँदे सहमतिपत्र सार्वजनिक गर्यो ।

तर, नेता नेपाल तुरुन्तै त्यसको प्रतिवादमा उत्रिए । उनले अदालतको निर्णय प्रभावित हुनेगरी भएका कुनै पनि सम्झौता मान्य नहने भने । तर, त्यसपछि एकताको प्रकृयामा कुनै प्रगति देखिएको छैन । वरु आफने पक्षको कार्यदलका सदस्यसँग पनि नेता नेपाल टाढिएको श्रोत वताउँछन् ।

उनको उठवस अहिले केन्द्रीय कमिटी र जनवर्गीय संगठनतिर छ। ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा मतदानमा सहभागी नभएका आफू पक्षीय सांसदहरुसँग नेपाल रुष्ट छन् । 

उनले ‘मेरा दायाँ हात, बायाँ हात भनिएकैहरुले धोका दिए, तर संविधान, संसद्, लोकतन्त्रका लागि म एक्लै हिँड्न पनि तयार छु।’ उनले सार्वजनिक कार्यक्रममा नै वोल्न थालेका छन् । 

उनि निकटका नेताहरुले भने नेपाललाई केपी शर्मा ओलीकै बराबरीको अधिकारसहित दोस्रो अध्यक्ष बनाउने निर्णय गरे पार्टी एकता हुने वताउन थालेका छन्। उसो त नेपाल स्वयमले पार्टी एकताका लागि भन्दै तीन विकल्प प्रस्तुत गरेका छन् ।

दोस्रो नभएर समान हैसियतको अध्यक्ष, केपी ओली, झलनाथ खनाल र वामदेव गौतमको अध्यक्ष मण्डल र ओली र आफू दुवैले पदीय जिम्मेवारीबाट बिदा लिने अनि नयाँ नेतृत्वले पार्टी चलाउने उनको प्रस्ताव छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरवहादुर देउवासँग माधव नेपाल सरकारमा नगए गठबन्धनले प्रदेश र योजना आयोगमा पनि नेता नेपालका लागि एकएक सिट छुट्याउने सल्लाह गरे । 

त्यतिमात्रै होइन ओलीबाहेकका कम्युनिस्टहरुको गठबन्धन बनाएर त्यसको नाम समाजवादी केन्द्र राख्ने र नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव प्रचण्डले गरेका छन्। ओलीसँग खास भरोसा पनि नभएको र गठबन्धनमा अलि धेरै भाउ भएको यो अवस्थामा माधव नेपाल सानो भए पनि अर्काे पार्टी गठन गर्न चाहन्छन्।  

त्यसमा स्थायी कमिटीको नभए केन्द्रीय सदस्यहरुको समर्थन हुने र देउवालाई विश्वासको मत दिएका २२ जना सांसदले आफुलाई वलियो साथ दिने उनको आँकलन रहेको उनी पक्षकै नेताहरुको भनाई छ।

नेकपा एमाले केपी शर्मा ओली माधवकुमार नेपाल समाजवादी केन्द्र

विशेष