हस्तान्तरण नहुँदै भासियो लुम्बिनी बिल्डर्सले बनाएको सिराहा र धनुषा जोड्ने कमला पुल
भर्खरै निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुल भासिएको छ ।
सिरहाको बसपिट्टा घाटस्थित लुम्बिनी बिल्डर्स जेभीलाई जिम्मा दिएर निर्माण गरेको उक्त पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको हो ।
लगातारको वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिव १ मिटर बढी पानिको सतह बढेको छ । पानिको सतह बढ्दा पुल भाँसिएको विज्ञहरुको भनाई छ ।
४ सय ७० मिटर लामो पुल निर्माणको जिम्मा पप्पु–लुम्बिनी जेभीलाई गत २०६८ सालमा दिइएको थियो ।पुल निर्माणको पूरा जिम्मा लुम्बिनी बिल्डर्सलाई दिइएको थियो ।
११ मिटर चौडाई रहेको कमला पुल १२ एस्पानको छ । नदीको दुबैतीर तटबन्ध बनाएर बहाब पुलभित्र छिराएको छ ।
पप्पु कन्सट्रक्सन र ज्यान जेभीले सुरु गरेको पुल निर्माणको काम म्याद थपिदै जाँदा अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो । ‘२०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो ।
२४ करोड ४२ लाख कुल लागतमा यो पुल निर्माण भएको थियो। कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।
यो पनि
सञ्चालन नहुँदै भासिएको पुलको मापदण्ड परिक्षण गर्न मन्त्रीको माग
विकासको दुर्गतीः २४ करोडको पुल संचालनमा नआउँदै भासियो
कमला पुल लुम्बिनी बिल्डर्स पप्पु कन्सट्रक्सन