News राजनीति

ओलीले भने– माधव नेपाल जस्ता सांसदलाई पार्टीमा ठाउँ छैन

ओलीले भने– माधव नेपाल जस्ता सांसदलाई पार्टीमा ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज फेरी माधवकुमार नेपाललगायतलाई पार्टीमा ठाउँ नभएको दोहोर्याएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि सत्ताच्युत भएका ओलीले निजी निवास वालकोटमा पुगेर नेपाललाई गद्दारको घोषणा गरेका थिए । उनले माधव नेपालाई पार्टीमा कुनै ठाउँ नभएको वताएका थिए ।

उनको यो अभिब्यक्तिले पार्टी एकतामा असर परेको भन्दै नेताहरुले सुझाव दिएपछि केहि दिनदेखि उनी शान्त वसेका थिए । तर, आज काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार उनले फेरी सोहि कुरा दोहोर्याएका छन् ।

आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको बताए। बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए ।
 
आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने पनि ओलीले बताए ।

विशेष