News

मापसे गरी ट्राफिक नियम उलंघन गर्ने पारस शाहको समर्थनमा राष्ट्रिय झण्डा किन ?

मापसे गरी ट्राफिक नियम उलंघन गर्ने पारस शाहको समर्थनमा राष्ट्रिय झण्डा किन ?

मादक पदार्थ सेवन गरी ट्राफिक नियम उलंघन गर्दै हिडेका पूर्वयुवराज पारस शाहको समर्थनमा शनिवार काठमाण्डौंमा राष्ट्रिय झण्डासहित प्रदर्शन गरिएको छ ।

शुक्रवार साँझ चक्रपथको नारायणगोपाल चोकमा हेल्मेट नलगाई मोटरसाइकल चलाएका पारसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले सम्झाई बुझाई गर्दासमेत उनले औंला ठड्याउँदै तथानाम भनेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका पारसलाई एक छिनपछि स्थानीय युवाहरुले छुटाएर घर पठाइदिएका थिए ।

त्यसै घटनालाई लिएर आक्रोशित राजावादीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । पारसलाई सोधपुछ गरेकोमा असन्तुष्ट रहेका उनीहरुले ट्राफिक प्रहरीविरुद्ध महाराजगञ्जस्थित भाटभटेनी अगाडि टायर बालेर विरोध जनाए।

विरोध कार्यक्रम सम्पूर्ण राजावादी संगठनको आयोजनामा शाही शक्ति नेपालले गरेको हो ।

राजावादीहरुले श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै विभिन्न ठाउँमा उनको समर्थनमा नारा जुलुससमेत गरेका छन् । 

पारस शाह

विशेष